काठमाडाैं। नयाँ प्रकारको कोरोनाभाइरसको सङ्क्रमण युरोपेली देशहरूमा पनि देखिन थालेको छ।
युरोपेली संघ अन्तर्गतका आठवटा मुलुकमा नयाँ प्रकारको कोरोनाभाइरस देखिन थालेको पुष्टि भएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले जनाएको छ ।
डब्ल्यूएचओका युरोपेली क्षेत्रका क्षेत्रीय निर्देशक हन्स क्युगले आफ्नो कार्यालयले अवस्थालाई गम्भीरतापूवक हेरिरहेको जानकारी दिए। उनले नयाँ प्रकारको भाइरसका लागि रक्षात्मक र नियन्त्रणात्मक व्यवस्था कडाइका साथ पालना गर्नु पर्नेमा पनि जोड दिए।
कोरोनाको पुरानो भाइरसको भन्दा फरक नतिजा देखाउँदै नयाँ प्रकारको भाइरसले युवाहरूलाई बढी प्रभावित पारेको देखिएको पनि उनले जानकारी दिए। नयाँ प्रकारको कोरोना देखिएका आठ देशको पहिचान भएको बताए पनि उनले देशहरूको नाम भने उल्लेख गरेका छैनन्।
उनले सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने र सावुन पानीले हात हुने वा सेनिटाइजरको प्रयोग गर्ने लगायतका उपायहरूलाई कडाइका साथ अबलम्बन गर्न पनि आह्वान गरे।
यसको गुण, लक्षण, असरलगायतका बारेमा अध्ययन अनुसन्धान भइरहेको र नतिजा आएर धेरै कुरा प्रष्ट भइसकेपछि मात्रै थप नयाँ रणनीति तय गर्न सकिने डब्ल्यूएचओको भनाइ छ। नयाँ प्रकारको कोरोना बेलायतमा गत हप्ता पुष्टि गरिएको थियो।
यो नै पहिलोपटक पुष्टि भएको हो। त्यसपछि बेलायतबाट अन्य देशहरूमा आवतजावत गर्न थप प्रतिबन्ध लगाइएको छ। तर, अन्य देशहरूमा पनि फैलिएको पुष्टि भइसकेको छ।
विश्व स्वास्थ्य संगठनले गत वर्षको मार्च ११ देखि विश्वभर कोरोनाभाइरसको महामारी फैलिएको घोषणा गरेको थियो। महामारी अहिले पनि जारी छ। (रासस/एएनआई/एपी)
" /> काठमाडाैं। नयाँ प्रकारको कोरोनाभाइरसको सङ्क्रमण युरोपेली देशहरूमा पनि देखिन थालेको छ।युरोपेली संघ अन्तर्गतका आठवटा मुलुकमा नयाँ प्रकारको कोरोनाभाइरस देखिन थालेको पुष्टि भएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले जनाएको छ ।

">