काठमाडौं। देशका विभिन्न स्थानमा भएका आगलागीका घटनामा एकैदिन २ करोड ७६ लाख रूपैयाँभन्दा बढीको क्षति भएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार जनकपुर उपमहानगरपालिकास्थित मिथिला डिपार्टमेन्ट स्टोरमा विद्युत सर्ट भई आगलागी हुँदा २ करोड ५० लाख रुपैयाँ बराबरको क्षति भएको छ।
आगलागीमा कस्मेटिक, इलेक्ट्रोनिक, किराना सामान र तयारी रेडिमेट कपडा जली नष्ट भएको जनाइएको छ। स्पतरीको विष्णुपुर गाउँपालिका–६ रंजितपुर स्थित पार्किङ गरी राखेको म्याजिक गाडीमा अचानक आगलागी हुँदा गाडी पूर्णरुपमा जलि १५ लाख रुपैयाँ बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ।
यस्तै, सुनसरीको कोशी गाउँपालिका–४ कोशी कटान स्थित एक घरमा अचान आगलागी हुँदा ५० हजार र नजिकै रहेको कोशी कटान कुखुरा फर्ममा रहेको ४ वटा कुखुराको खोर र १ हजार २०० वटा कुखुराको चल्ला जली नष्ट हुँदा ७ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
ललितपुरको महालक्ष्मी नगरपालिका–९ सिस्नेरी स्थित एक टहरोमा बालेको धुपबाट अचानक परालमा आगो सल्किई घरमा समेत आगलागी हुँदा पराल, जस्तापाता, काठ र घर आंशिक्ष रुपमा जली १ लाख ५५ हजार रुपैयाँको क्षति भएको प्राधिकरणद्वारा आज जारी विज्ञप्तीमा उल्लेख छ।
" /> काठमाडौं। देशका विभिन्न स्थानमा भएका आगलागीका घटनामा एकैदिन २ करोड ७६ लाख रूपैयाँभन्दा बढीको क्षति भएको छ।आगलागीमा कस्मेटिक, इलेक्ट्रोनिक, किराना सामान र तयारी रेडिमेट कपडा जली नष्ट भएको जनाइएको छ। स्पतरीको विष्णुपुर गाउँपालिका–६ रंजितपुर स्थित पार्किङ गरी राखेको म्याजिक गाडीमा अचानक आगलागी हुँदा गाडी पूर्णरुपमा जलि १५ लाख रुपैयाँ बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ।

">