काठमाडौं। ललितपुर, भक्तपुर, डोटी, झापा, रुपन्देही र सुर्खेतका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ।
ललितपुरको ललितपुर महानगरपालिका–१७ ग्वार्कोमा प्रदेश ०३–०३–००१ च ०७१३ नम्बरको टाटासुमोको ठक्करबाट २ जना पैदलयात्रीको बिहीबार साँझ मृत्यु भएको छ।
मुत्यु हुनेहरुमा ललितपुर हरिसिद्धि बस्ने तनहुँ घर भएकी ३४ वर्षीया सुनिता सोती सापकोटा र सोही ठाउँ बस्ने ४५ वर्षीय कृष्णप्रसाद तिमल्सिना रहेका छन्।
ठक्करबाट गम्भीर घाइते भएका उनीहरुको बिएन्डबी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। टाटासुमो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
भक्तपुरको सूर्यबिनायक नगरपालिका–८ मा ना.६ ख ३९८२ नम्बरको ट्रक अनियन्त्रित भई शुक्रबार बिहान दुर्घटना हुदा ट्रक चालक पर्सा वीरगंज महानगरपालिका–१२ बस्ने ३० वर्षीय कैमोदिन अन्सारीको घटनास्थलमै मृत्यु भएको छ।
डोटीको शिखर नगरपालिका–६ स्थित नगरपालिकाको गेट अगाडि से.१ च १००९ नम्बरको बलेरोको ठक्करबाट सोही नगरपालिका बस्ने मोहन बलायरको ८ वर्षीय छोरा गोरख बलायरको बिहीबार दिउँसो मृत्यु भएको छ।
ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको लागि शैलेश्वरी अस्पताल दिपायल हुँदै थप उपचारको क्रममा प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको हो। बलेरो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
झापाको कन्काई नगरपालिका–४ कोटिहोममा मे.११प ३५८३ नम्बरको मोटरसाइकललाई डब्लु बि ६१ ए ९३८५ नम्बरको ग्याँस बोक्ने ट्याङ्करले बिहीबार दिउसो ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा मोटरसाइकलमा सवार ईलाम माईजोकमाई गाउँपालिका–४ बस्ने ३६ वर्षीय चन्द्रकुमार लिम्बु रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनको बि एण्ड सि हस्पिटल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो। ट्याङ्कर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
रूपन्देहीको बुटवल उपमहानगरपालिका–१३ बेलबास चोकमा लु.२ ख ८८९ नम्बरको ट्रक र लु.२१ प ४३८९ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई बिहीबार बेलुका दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका १ जनाको सोही अस्पताल हुँदै थप उपचारका लागि मेडिकल कलेज भैरहवा पठाइएको छ। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सुर्खेतको बीरेन्द्रनगर नगरपालिका–४ रातानाग्लास्थित सडकमा भे.१ त ९५३१ नम्बरको ट्याक्टर अनियन्त्रित भई सोमबार बेलुका दुर्घटना हुँदा चालक दैलेख गुराँस गाउँपालिका–४ बस्ने २५ वर्षीय गणेश शाहीको मृत्यु भएको छ।
दुर्घटनामा घाइते भएका उनको कर्णाली प्रदेश अस्पताल हुँदै थप उपचारको क्रममा कोहलपुर मेडिकल कलेज बाँकेमा बिहीबार दिउँसो मृत्यु भएको हो।
" /> काठमाडौं। ललितपुर, भक्तपुर, डोटी, झापा, रुपन्देही र सुर्खेतका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ।ललितपुरको ललितपुर महानगरपालिका–१७ ग्वार्कोमा प्रदेश ०३–०३–००१ च ०७१३ नम्बरको टाटासुमोको ठक्करबाट २ जना पैदलयात्रीको बिहीबार साँझ मृत्यु भएको छ।

">