मादक पदार्थ सेवन गरी आफ्नै घरमा आगजनी गरेपछि...
<p style="text-align: justify;">मोरङ। आफ्नै घरमा आगजनी गरेको अभियोगमा सुन्दरहैचा नगरपालिका-११, कर्जुना बस्ने ४८ वर्षीय मनि उरावलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। </p>
<p style="text-align: justify;">मनिले मादक पदार्थ सेवन गरी आफ्नै घरमा आगजनी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। </p>
<p style="text-align: justify;">आगजनीबाट घर जलेर करिब एक लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ। </p>
<p style="text-align: justify;">घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।</p>