काठमाडौं। नक्कली परीक्षार्थी बनी ईपीएस परीक्षा पास गराउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक पनौती गाउँपालिका-७ नयाँ बस्ती बस्ने रामेछाप खाँडादेवी गाउँपालिका-७ घर भएका २९ वर्षीय रोज बहादुर तामाङ रहेका छन्। उनलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो।
महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले भक्तपुर सूर्यविनायक नगरपालिका-१० चितापोलबाट उनलाई पक्राउ गरेको हो।
तामाङ समेतले कोरियन भाषाको ईपीएस परीक्षामा सहभागी हुने परीक्षार्थीहरुलाई प्रलोभनमा पारी प्रतिव्यक्ति ५ लाख रुपैयाँसम्म लिने गरेको सूचना प्रहरीले प्राप्त गरेको थियो।
तामाङ आफै नक्कली परीक्षार्थी बनेर परीक्षा दिने र पास गराई कोरिया पठाउने कार्यमा वर्षौदेखि संलग्न रहँदै आएको प्रहरीले जनाएको छ।
तामाङलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्त जगाती भक्तपुर पठाइएको उक्त महाशाखाले जनाएको छ।
" /> काठमाडौं। नक्कली परीक्षार्थी बनी ईपीएस परीक्षा पास गराउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक पनौती गाउँपालिका-७ नयाँ बस्ती बस्ने रामेछाप खाँडादेवी गाउँपालिका-७ घर भएका २९ वर्षीय रोज बहादुर तामाङ रहेका छन्। उनलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो।

">