ललितपुर। महालक्ष्मी नगरपालिका-२३, धापाखेलस्थित धापाखेल जंगलबाट थ्रीनटथ्री राइफलको १९ राउण्ड गोली बिहीबार साँझ प्रहरीले बरामद गरेको छ।
प्रहरीका अनुसार ललितपुर महानगरपालिका-२७, सुनाकोठी बस्ने दोलखा नगरपालिका-२ घर भएका ५५ बर्षीय गोमन घिमिरेले जंगलमा पत्कर सोर्ने क्रममा गोली फेला पारेकी थिइन्।
उक्त खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त चापागाउँ र महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले सो ठाउँमा प्लाष्टिकभित्र राखेको अवस्थामा उक्त गोली फेला पारी बरामद गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
" /> ललितपुर। महालक्ष्मी नगरपालिका-२३, धापाखेलस्थित धापाखेल जंगलबाट थ्रीनटथ्री राइफलको १९ राउण्ड गोली बिहीबार साँझ प्रहरीले बरामद गरेको छ।प्रहरीका अनुसार ललितपुर महानगरपालिका-२७, सुनाकोठी बस्ने दोलखा नगरपालिका-२ घर भएका ५५ बर्षीय गोमन घिमिरेले जंगलमा पत्कर सोर्ने क्रममा गोली फेला पारेकी थिइन्।

">