काठमाडौं। यो एक्काइसौं शताब्दी हो, विज्ञान र विकासको सदी पनि भनिएको छ यसलाई। तर, यही सदीमा संसारमा यस्ता देश पनि छन् जहाँका मानिस आगामी दिनमा भयानक अनिकालको सिकार बन्नेवाला छन्।

संयुक्त राष्ट्र संघले केही देशलाई चेतावनी दिँदै चाँडै नै अनिकाल आउने बताएको छ।

त्यस्ता देशहरुमा विशेषगरी यमन, बुर्किनाफासो, नाइजेरिया तथा दक्षिण सुडान रहेका छन्। ती देशहरुका कतिपय हिस्सामा चरम् खाद्य संकट पर्न सक्ने उक्त विश्वसंस्थाले बताएको हो।

यी मुलुकमध्ये पनि दक्षिणी सुडानको अवस्था सबैभन्दा खराब हुने बताइएको छ। उक्त देश लामो समयदेखि गृहयुद्ध र हिंसाको सामना गर्दै आएको छ। साथै, बाढी र कोरोना भाइरसले मानिसको आजीविका तहसनहस पारिदिएको छ।

दक्षिण सुडानको पिबोर काउन्टी क्षेत्रमा यो वर्ष भयावह हिंसा भयो। बाढीले तहसनहस पार्‍यो। देशको लेकुआंगोले सहरका सात परिवारले मिडियासँग फेबु्रअरीदेखि नोभेम्बरसम्ममा आफ्नो परिवारका १३ जना बच्चा भोकले मरेको बताए। त्यस क्षेत्रका प्रशासन प्रमुख पिटर गोलुलाई सेप्टेम्बरदेखि डिसेम्बरसम्मको अवधिमा गाउँका १७ बच्चाले भोकका कारण ज्यान गुमाएको सूचना मिलेको थियो।

‘इन्टिग्रेटेड फुड सेक्युरिटी फेज क्लासिफिकेसन’ ले यस महिना जारी गरेको अनिकाल समीक्षा समितिको रिपोर्टमा अपर्याप्त आँकडाका कारण अनिकाल घोषणा गर्न नसकिएको बताइएको छ। तर, दक्षिण सुडानमा अनिकालको स्थिति छ। त्यहाँ कम्तीमा पनि २० प्रतिशत परिवार खाद्य संकटको सामना गरिरहेका छन्।

दक्षिणी सुडानमा कम्तीमा पनि ३० प्रतिशत बालबालिका कुपोषणको सिकार भएका छन्। तर, त्यहाँको सरकार यो रिपोर्टमा असहमत छ। खाद्य सुरक्षा विशेषज्ञहरुका अनुसार देशमा निरन्तर जारी संघर्षका कारण खाद्य संकट बढेको हो।

दक्षिणी सुडानका खाद्य सुरक्षा समितिका अध्यक्ष जोन पंगेच भन्छन्, ‘‘उनीहरु अनुमान मात्रै गरिरहेका छन्..., हामी तथ्यमाथि कुरा गरिरहेका छौं। उनीहरु हाम्रो जमिन चिन्दैनन्।’’

सरकारले त्यहाँ ११ हजार जनामात्रै भोकमरीको संघारमा रहेको बताएको छ। खाद्य सुरक्षा विशेषज्ञहरुको रिपोर्टले त्यहाँ एक लाख पाँच हजार जना खाद्य संकटको सामना गरिरहेका छन्।

वल्र्ड पिस फाउन्डेसनका कार्यकारी निर्देशक डी वाल भन्छन्, ‘‘जे भइरहेको छ, दक्षिण सुडान सरकार गम्भीरतालाई नजरअन्दाज गरिरहेको छ। तथ्यमा आधारित संकटका लागि देशका नीतिहरु र सैन्य रणनीति जिम्मेवार छ।’’

(एजेन्सी)

" /> काठमाडौं। यो एक्काइसौं शताब्दी हो, विज्ञान र विकासको सदी पनि भनिएको छ यसलाई। तर, यही सदीमा संसारमा यस्ता देश पनि छन् जहाँका मानिस आगामी दिनमा भयानक अनिकालको सिकार बन्नेवाला छन्।

संयुक्त राष्ट्र संघले केही देशलाई चेतावनी दिँदै चाँडै नै अनिकाल आउने बताएको छ।

त्यस्ता देशहरुमा विशेषगरी यमन, बुर्किनाफासो, नाइजेरिया तथा दक्षिण सुडान रहेका छन्। ती देशहरुका कतिपय हिस्सामा चरम् खाद्य संकट पर्न सक्ने उक्त विश्वसंस्थाले बताएको हो।

यी मुलुकमध्ये पनि दक्षिणी सुडानको अवस्था सबैभन्दा खराब हुने बताइएको छ। उक्त देश लामो समयदेखि गृहयुद्ध र हिंसाको सामना गर्दै आएको छ। साथै, बाढी र कोरोना भाइरसले मानिसको आजीविका तहसनहस पारिदिएको छ।

दक्षिण सुडानको पिबोर काउन्टी क्षेत्रमा यो वर्ष भयावह हिंसा भयो। बाढीले तहसनहस पार्‍यो। देशको लेकुआंगोले सहरका सात परिवारले मिडियासँग फेबु्रअरीदेखि नोभेम्बरसम्ममा आफ्नो परिवारका १३ जना बच्चा भोकले मरेको बताए। त्यस क्षेत्रका प्रशासन प्रमुख पिटर गोलुलाई सेप्टेम्बरदेखि डिसेम्बरसम्मको अवधिमा गाउँका १७ बच्चाले भोकका कारण ज्यान गुमाएको सूचना मिलेको थियो।

‘इन्टिग्रेटेड फुड सेक्युरिटी फेज क्लासिफिकेसन’ ले यस महिना जारी गरेको अनिकाल समीक्षा समितिको रिपोर्टमा अपर्याप्त आँकडाका कारण अनिकाल घोषणा गर्न नसकिएको बताइएको छ। तर, दक्षिण सुडानमा अनिकालको स्थिति छ। त्यहाँ कम्तीमा पनि २० प्रतिशत परिवार खाद्य संकटको सामना गरिरहेका छन्।

दक्षिणी सुडानमा कम्तीमा पनि ३० प्रतिशत बालबालिका कुपोषणको सिकार भएका छन्। तर, त्यहाँको सरकार यो रिपोर्टमा असहमत छ। खाद्य सुरक्षा विशेषज्ञहरुका अनुसार देशमा निरन्तर जारी संघर्षका कारण खाद्य संकट बढेको हो।

दक्षिणी सुडानका खाद्य सुरक्षा समितिका अध्यक्ष जोन पंगेच भन्छन्, ‘‘उनीहरु अनुमान मात्रै गरिरहेका छन्..., हामी तथ्यमाथि कुरा गरिरहेका छौं। उनीहरु हाम्रो जमिन चिन्दैनन्।’’

सरकारले त्यहाँ ११ हजार जनामात्रै भोकमरीको संघारमा रहेको बताएको छ। खाद्य सुरक्षा विशेषज्ञहरुको रिपोर्टले त्यहाँ एक लाख पाँच हजार जना खाद्य संकटको सामना गरिरहेका छन्।

वल्र्ड पिस फाउन्डेसनका कार्यकारी निर्देशक डी वाल भन्छन्, ‘‘जे भइरहेको छ, दक्षिण सुडान सरकार गम्भीरतालाई नजरअन्दाज गरिरहेको छ। तथ्यमा आधारित संकटका लागि देशका नीतिहरु र सैन्य रणनीति जिम्मेवार छ।’’

(एजेन्सी)

"> चरम भोकमरीको सिकार बन्दै चार देश: Dekhapadhi
चरम भोकमरीको सिकार बन्दै चार देश

प्रतिक्रिया दिनुहोस्