काठमाडौं। काठमाडौंको सिनामंगलमा आज बिहान भएको सवारी दुर्घटनामा २ जना घाइते भएका छन्।
बा. १२ च ६२०८ नम्बरको पत्रिका बोकेको गाडी र बा. ६३ प ३४२ नम्बरको मोटरसाईकल आज बिहान साढे ४ बजे आपसमा ठोक्किएका थिए।
मोटरसाइकल चालक भोजपुर घर भइ हाल काठमाडौंको बौद्ध बस्ने ३१ वर्षीय सोनाम शेर्पा र मोटरसाइकलमा पछाडि सवार सोही ठाउँका ४० वर्षीय आइजु शेर्पा घाइते भएका हुन्।
घाइते दुवैजनाको काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचार भइरहेको छ। घाइतेमध्ये आइजु शेर्पाको अवस्था गम्भीर रहेको छ।
सवारीसाधनसहित गाडी चालकलाई महानगरीय प्रहरी वृत्त गौशालाले नियन्त्रणमा लिएको छ।
" /> काठमाडौं। काठमाडौंको सिनामंगलमा आज बिहान भएको सवारी दुर्घटनामा २ जना घाइते भएका छन्।बा. १२ च ६२०८ नम्बरको पत्रिका बोकेको गाडी र बा. ६३ प ३४२ नम्बरको मोटरसाईकल आज बिहान साढे ४ बजे आपसमा ठोक्किएका थिए।

">