मर्मत गर्ने क्रममा गाडी पछाडि सरेर किच्दा चालककाे मृत्यु <p>झापा।&nbsp;भोजपुर नगरपालिका-५, काउलेमा जीपले किच्दा चालकको मृत्यु भएकाे छ।&nbsp;</p> <p>आज बिहान ६ः३० बजे मे१ज २९८८ नम्बरको गाडीले किच्दा चालक ३८ वर्षीय प्रेमकुमार तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।</p> <p>आफैं&nbsp;साहु तथा चालक रहेका तामाङलाई गाडी स्टार्ट नभएपछि मर्मत गर्ने क्रममा पछाडि सरेर किचेको प्रहरीको भनाइ छ।</p> <p>तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्