काठमाडौं। भूकम्पपछिको सामाजिक-आर्थिक पुनर्निर्माणमा भएका पहलहरूका अनुभव समेटेर पुस्तक प्रकाशित भएको छ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले प्रकाशन गरेको ‘द राइजिङ फ्रम द रुइन्सः एक्सपेरियन्सेस इन लाइभ्लिहुड इन्टरभेन्सन्स्’ पुस्तक आज सार्वजनिक गरिएको हो।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुस्तक सार्वजनिक गर्दै प्राधिकरणले भौतिक पुनर्निर्माणसँगै सामाजिक-आर्थिक पुनर्निर्माणलाई अगाडि बढाउन यथेष्ट जोड दिएको उल्लेख गरे। ज्ञवालीले यी अनुभव तथा पहलहरूको अनुभव आगामी पुस्ताका लागि महत्त्वपूर्ण सन्दर्भ सामग्री हुने विश्वास पनि व्यक्त गरे।
कार्यक्रममा मन्तव्य राख्दै प्राधिकरणका सचिव सुरेश आचार्यले जीविकोपार्जन र आयआर्जनको क्षेत्रमा प्राधिकरणको अभियानलाई सहयोग गर्ने सबै संस्थाहरूलाई धन्यवाद दिए। पुस्तक पुनर्निर्माण र पुनर्स्थापना प्रयासहरूको महत्त्वपूर्ण अभिलेख भएको आचार्यको जोड थियो।
पुस्तकमा प्राधिकरणका कार्यकारी समिति सदस्य डा. विष्णुबहादुर भण्डारीसहित १८ विभिन्न संस्थाका प्रमुख एवं प्रतिनिधिका अनुसन्धानमा आधारित आलेखहरू समेटिएका छन्।
कार्यक्रममा प्राधिकरणका कार्यकारी समिति सदस्यद्वय डा. चन्द्रबहादुर श्रेष्ठ र डा. हरिराम पराजुली, पुस्तक प्रकाशनमा सहयोग गर्ने तथा आलेख उपलब्ध गराउने संस्थाका प्रमुख एवं प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
" /> काठमाडौं। भूकम्पपछिको सामाजिक-आर्थिक पुनर्निर्माणमा भएका पहलहरूका अनुभव समेटेर पुस्तक प्रकाशित भएको छ।राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले प्रकाशन गरेको ‘द राइजिङ फ्रम द रुइन्सः एक्सपेरियन्सेस इन लाइभ्लिहुड इन्टरभेन्सन्स्’ पुस्तक आज सार्वजनिक गरिएको हो।

">