काठमाडौं। ‘पुलिस’ भन्ने परशुराम गौतमको हत्या आरोपमा झापा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
२८ वर्षीय भयङ्कर भनिने भुखान किसान र ४४ वर्षीय बुधलाल किसान पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) राकेश थापाले बुधलाललाई घरबाट र भुखानलाई भारत सीमावर्ती क्षेत्र काकडभिट्टाबाट पक्राउ गरिएको बताए।
उनका अनुसार पक्राउ परेकामध्येका भुखानले हत्या गरेको अनुसन्धानको क्रममा खुलेको छ।
“पुसको २ गते राति परशुरामको घरमा बुधलाल र उनी रक्सी खाँदै गर्दा बुधलालको भतिज भुखान पनि आइपुगेको भन्ने छ,” डीएसपी थापाले भनेका छन्, “रक्सी खाँदै जाँदा परशुराम र भुखानको विवाद भएको र सोही क्रममा भुखानले कुटपिट गरी परशुरामलाई गम्भीर घाइते बनाएको खुल्न आएको छ।”
गम्भीर घाइते अवस्थामा छाडिएका परशुराम भोलिपल्ट अर्थात् पुसको ३ गते आफ्नै घर अगाडि आँगनमा जीउ र लुगामा रगत लागेको र टाउकोमा चोट देखिएको अवस्थामा मृत फेला परेका थिए।
घटनापछि इलाका प्रहरी कार्यालय धुलाबारीबाट प्रहरी निरीक्षक विकास राईसमेतको प्रहरी टोली घटनास्थलमा अनुसन्धानका लागि खटिएको थियो।
र, घटनाको अनुसन्धानमा सघाउ पुर्याउन संघीय प्रहरी कार्यालय सुनसरीबाट तालिमप्राप्त कुकुर र इलाका प्रहरी कार्यालय काकडभिट्टाबाट पनि प्रहरी टोली परिचालन गरिएको थियो।
प्रारम्भिक अनुसन्धानको क्रममा बाबुलाल र उनका भतिज भुखान किसान गएर परशुरामको घरमा रक्सी राति अबेरसम्म खाएको खुलेपछि प्रहरीले बुधलाललाई घरबाटै पक्राउ गरेको थियो।
उनलाई पक्राउ गरेर सोधपुछ गर्ने क्रममा भुखानले कुटपिट गरी हत्या गरेको बताएपछि प्रहरीले काकडभिट्टाबाट पक्राउ गरिएको र भुखानले हत्या गरेको स्वीकार गरेको डीएसपी थापाले बताए।
उनले आफूले कुटपिट गरी हत्यापछि काका बुधलालको माछा मार्ने ढोक्सामा रगत लागेको कपडाहरू फुकालेर र काकाले भोलिपल्ट बिहान (पुस ३ गते) ढोक्सा नै जलाएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।
प्रहरीले घटनास्थलबाट फलामको पातलो रिम थान-२, कालो रङको ट्राउजर थान-१, खरानी रङको पातलो ज्याकेट थान-१ र खरानी सेतो रङको भेस्ट थान-१ बरामद गरेको छ।
आरोपी किसानद्वय जिल्लाको मेचीनगर नगरपालिका वडा नम्बर-९ का हुन्।
उनीहरूविरुद्ध प्रहरीले कर्तव्य ज्यानसम्बन्धी कसूरमा जिल्ला अदालत झापाबाट सात दिनको म्याद थप अनुमति लिएर अनुसन्धान थालेको छ।