मङ्गलबारे। इलाममा सूचनाको हकका लागि राष्ट्रिय सञ्जाल नेपालको इलाम जिल्ला तदर्थ समिति गठन भएको छ। इलाम सदरमुकाममा सञ्चारकर्मीको भेलाले जिल्ला तदर्थ समिति गठन गरेको हो।
भेलाले रमेश पराजुलीको संयोजकत्वमा नौ सदस्यीय जिल्ला तदर्थ समिति गठन गरेको छ। तदर्थ समितिका सहसंयोजकमा सुनिता खालिङ चयन भएका छन्। त्यस्तै समितिको सदस्य सचिवमा टीका खतिवडा तथा सदस्यमा भगीरथ भण्डारी, किरण पौड्याल, सुजाता सुनुवार, सोनु मुखिया, सुष्मा श्रेष्ठ र विक्रम सुन्दास चयन भएका छन्।
सूचनाको हकको प्रचलन, प्रवर्द्धन र संवर्द्धनसहित आम नागरिकलाई सूचना पाउने मौलिक हकबारे नागरिकलाई सुसूचित गराउने उद्देश्यले समिति गठन भएको हो। सूचनाको हकका लागि राष्ट्रिय सञ्जालले आम नागरिकलाई सूचनाको हकको ज्ञान दिनुका साथै सूचना मागमा सहजीकरणसमेत गर्ने सञ्जाल प्रदेश १ का सदस्य राम योङहाङले बताएका छन्। उनले स्थानीय तहमा यसको प्रभावकारीरूपमा प्रयोग गर्नसके बढ्दै गएको भ्रष्टाचारसमेत न्यूनीकरण हुने बताएका छन्।
रासस
" /> मङ्गलबारे। इलाममा सूचनाको हकका लागि राष्ट्रिय सञ्जाल नेपालको इलाम जिल्ला तदर्थ समिति गठन भएको छ। इलाम सदरमुकाममा सञ्चारकर्मीको भेलाले जिल्ला तदर्थ समिति गठन गरेको हो।भेलाले रमेश पराजुलीको संयोजकत्वमा नौ सदस्यीय जिल्ला तदर्थ समिति गठन गरेको छ। तदर्थ समितिका सहसंयोजकमा सुनिता खालिङ चयन भएका छन्। त्यस्तै समितिको सदस्य सचिवमा टीका खतिवडा तथा सदस्यमा भगीरथ भण्डारी, किरण पौड्याल, सुजाता सुनुवार, सोनु मुखिया, सुष्मा श्रेष्ठ र विक्रम सुन्दास चयन भएका छन्।

">