काबुल। अफगानिस्तानको निर्वाचन पर्यवेक्षणसम्बन्धी एक राष्ट्रिय स्वतन्त्र निकायका कार्यकारी निर्देशकको हत्या भएको छ। देशको राजधानी काबुलमा उनलाई गोली प्रहार गरी बुधबार हत्या गरिएको प्रहरी अधिकारीहरूले पुष्टि गरेका छन्।
निर्वाचन पर्यवेक्षणसम्बन्धी निकायको रूपमा रहेको स्वतन्त्र तथा निष्पक्ष निर्वाचन फाउन्डेसन, अफगानिस्तान (एफईएफए) का कार्यकारी निर्देशक मोहम्मद युसाफ रशिदको हत्या भएको हो।
काबुल प्रहरीका प्रवक्ता फेर्डौस फारामार्जले सिन्ह्वालाई दिएको जानकारीअनुसार हतियारधारीहरूले कार्यकारी निर्देशक रशिदलाई काबुलको चिहिल्स्टुन क्षेत्रमा गोली प्रहार गरेका हुन्।
सवारी साधनमा हिँडिरहेका बेला गोली प्रहार गरेको र त्यति बेला सवारी साधनमा उनीसँगै सवारी चालक पनि रहेका थिए। घटनामा परी ती चालक गम्भीर घाइते भएको र अहिले काबुल अस्पतालमा उपचार भइरहेको जनाइएको छ। घटनाका बारेमा यो समाचार लेख्दासम्म कसैले जिम्मेबारी नलिएको अधिकारीहरूले जानकारी दिएका छन्।
ठूलो जनसङ्ख्या रहेको राजधानी काबुलमा लगातार भएको यो घटना पछिल्लो अर्को नराम्रो घटना भएको बताइएको छ।
यसअघि गत मङ्गलबार मात्रै राजधानी काबुलमा भएको विस्फोटनको घटनामा परी दुई महिला चिकित्सकसहित चारजनाको मृत्यु भएको थियो भने अरु केही घाइते भएका थिए। त्यही दिन एक सैनिक उच्च अधिकारीको पनि गोली हानी हत्या भएको थियो।
रासस/सिन्ह्वा
" /> काबुल। अफगानिस्तानको निर्वाचन पर्यवेक्षणसम्बन्धी एक राष्ट्रिय स्वतन्त्र निकायका कार्यकारी निर्देशकको हत्या भएको छ। देशको राजधानी काबुलमा उनलाई गोली प्रहार गरी बुधबार हत्या गरिएको प्रहरी अधिकारीहरूले पुष्टि गरेका छन्।निर्वाचन पर्यवेक्षणसम्बन्धी निकायको रूपमा रहेको स्वतन्त्र तथा निष्पक्ष निर्वाचन फाउन्डेसन, अफगानिस्तान (एफईएफए) का कार्यकारी निर्देशक मोहम्मद युसाफ रशिदको हत्या भएको हो।

">