काठमाडौं। सुनसरीमा दुई जना युवक पेस्तोल र त्यसमा लाग्ने गोलीसहित पक्राउ परेका छन्।
सुनसरी कोशी गाउँपालिका–८ भाण्टावारी चोक नजिकबाट ३५ वर्षीय मोहम्मद मुक्तार मियाँ र २७ वर्षीय सद्दाम मिया पक्राउ परेका हुन्।
उनीहरूको घर सोही ठाउँमा छ। प्रहरीले उनीहरूको साथबाट दुई थान कटुवा पेस्तोल र त्यसामा लाग्ने पाँच राउन्ड गोली बरामद गरेको छ।
त्यस क्षेत्रका केही युवाले भारतबाट हातहतियार ल्याएर नेपालमा विक्री वितरण गरेको प्रहरीले सूचना पाएको थियो।
सोही सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले को ३६ प २३९० र बीआर ५० सी ०२४४ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा सद्दाम मियाले कम्मरमा लुकाएर राखेको अवस्थामा उक्त कटुवा पेस्तोल फेला पारेको हो।
प्रहरीले उनीहरूविरूद्ध हातहतियार खरखजानासम्बन्धी कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान गर्ने जनाएको छ।
" /> काठमाडौं। सुनसरीमा दुई जना युवक पेस्तोल र त्यसमा लाग्ने गोलीसहित पक्राउ परेका छन्।सुनसरी कोशी गाउँपालिका–८ भाण्टावारी चोक नजिकबाट ३५ वर्षीय मोहम्मद मुक्तार मियाँ र २७ वर्षीय सद्दाम मिया पक्राउ परेका हुन्।

">