काठमाडौँ। प्रहरीले ईपिएस परीक्षामा नक्कली परीक्षार्थी बनेर ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ।
सुनसरीको धरान उपमहानगरपालिका–१९ घर भएर काठमाडौं महानगरपालिका–५ रुद्रमतीमार्गस्थित कालोपुल बस्ने ५१ वर्षीय उत्तममान लिम्बुलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो।
उनी शेन्सेगाइ कन्सलट्यान्सी बागबजार काठमाडौँमा कोरियन भाषाको प्रशिक्षकको रुपमा काम गर्ने गरेको पनि खुलेको छ।
विभिन्न समयमा कोरियन भाषाको ईपिएस परीक्षामा सहभागी हुन आएका विद्यार्थीहरूलाई प्रभाव र प्रलोभनमा पारी विद्यार्थीहरूको प्रवेश पत्रमा आफ्नो फोटो राख्दै परीक्षा दिएपछि उत्र्तीण हुने र प्रति व्यक्ति सात लाख रूपैयाँसम्म लिएर कोरिया पठाउने गरेको अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ।
महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी उत्तममानलाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर, काठमाडौँ पठाइएको जनाएको छ।
" /> काठमाडौँ। प्रहरीले ईपिएस परीक्षामा नक्कली परीक्षार्थी बनेर ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ।सुनसरीको धरान उपमहानगरपालिका–१९ घर भएर काठमाडौं महानगरपालिका–५ रुद्रमतीमार्गस्थित कालोपुल बस्ने ५१ वर्षीय उत्तममान लिम्बुलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो।

">