सियोल। दक्षिण कोरियामा जन्मदरमा कमी आएको जनाइएको छ। दक्षिण कोरियामा गत वर्षको तुलनामा यस वर्ष जन्म दरमा कमी आएको यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरूले जनाएका छन्।
अधिकारीहरूले गत वर्षको तुलनामा यस वर्ष कम्तीमा पनि १४ प्रतिशतले यहाँको जन्म दरमा कमी आएको बताएका हुन्। यस वर्षको अक्टोबरमा २१ हजार ९३४ जना बालबालिका जन्मिएका हुन्। अधिकारीहरूका अनुसार यो सङ्ख्या यसै महिनाको अघिल्लो वर्षको तुलनामा कम्तीमा पनि १४.४ प्रतिशत हुन आउँछ।
यो जन्मदर दक्षिण कोरियामा सन् १९८१ देखि शुरु गरिएको यससम्बन्धी तथ्यांककै सबैभन्दा कम रहेको स्टाटिस्टीक्स कोरियाले जनाएको छ। दक्षिण कोरियामा युवतीहरूले उमेर धेरै भएपछि मात्र विवाह गर्ने प्रचलन बसेको छ। यसका कारण यहाँको जन्मदरमा कमी आएको पाइएको हो।
सो महिना अर्थात् अक्टोबरमा पनि विवाह गर्ने महिलाको संख्यामा कमी आएको देखिएको छ। यसै वर्ष अक्टोबरमा गत वर्षको सो महिनाको तुलनामा १९ प्रतिशतभन्दा कमले विवाह गरेका पनि सो तथ्यांकमा पाइएको छ।
रासस/सिन्ह्वा
" /> सियोल। दक्षिण कोरियामा जन्मदरमा कमी आएको जनाइएको छ। दक्षिण कोरियामा गत वर्षको तुलनामा यस वर्ष जन्म दरमा कमी आएको यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरूले जनाएका छन्।अधिकारीहरूले गत वर्षको तुलनामा यस वर्ष कम्तीमा पनि १४ प्रतिशतले यहाँको जन्म दरमा कमी आएको बताएका हुन्। यस वर्षको अक्टोबरमा २१ हजार ९३४ जना बालबालिका जन्मिएका हुन्। अधिकारीहरूका अनुसार यो सङ्ख्या यसै महिनाको अघिल्लो वर्षको तुलनामा कम्तीमा पनि १४.४ प्रतिशत हुन आउँछ।

">