लन्डन। बेलायतमा नयाँ किसिमको कोरोनाभाइरस फैलिएको भन्दै फ्रान्स र बेलायतबीच अन्तरसीमा यात्रामाथि बेलायतले लगाएको अवरोध हटाउन दुवै देशबीच बुधबार सहमति भएको छ।
बेलायतको आपूर्ति व्यवस्थामै खलल पर्न लागेको अवस्थामा बेलायतले ४८ घण्टादेखि जारी अन्तरसीमा यात्रा खुकुलो बनाउन लागिएको हो।
बेलायतमा कोभिड-१९ को नयाँ स्वरूपमा परिणत भएको र यो कोरोनाभाइरसभन्दा बढी संक्रामक रहेको तथ्य बाहिरिएसँगै अधिकांश युरोपेली मुलुकहरूले बेलायतीहरूको यात्रा र सामान आपूर्तिमाथि रोक लगाएका थिए।
मंगलबार डोभरमा सयौं मालबाहक ट्रकहरूको ताँती देखिएको थियो। युरोपेली युनियनबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) पछिको अवस्थामा बेलायतमाथि आइपर्ने संकटको आँकलन गर्न जुझिरहेका प्रधानमन्त्री बोरिस जोन्सनमाथि पछिल्लो घटनाले थप चिन्तित बनाएको छ।
बेलायती यातायात मन्त्री ग्रान्ट शाप्सले मंगलबार साँझ बेलायत र फ्रान्सबीच पारवहनको मामिलामा उत्पन्न समस्या सुल्झाउन सहमति भएको घोषणा गरेका छन्। सहमतिअनुसार अति जरूरी काम परेर यात्रा गर्न चाहने व्यक्तिलाई कोभिड-१९ को परीक्षणमा नेगेटिभ हुनुपर्ने छ।
तर, उनले दक्षिणी केन्ट काउन्टीतर्फ मालबाहक ट्रकहरू नलैजान चालकहरूलाई आग्रह गरेका छन्।
फ्रान्सेली यातायातमन्त्री जाँ-बाप्टिस्ट जेबारीले पनि हवाई यात्रा, डंगा र युरोस्टार रेल बुधबार बिहानदेखि सुरू भएको जानकारी दिए।
" /> लन्डन। बेलायतमा नयाँ किसिमको कोरोनाभाइरस फैलिएको भन्दै फ्रान्स र बेलायतबीच अन्तरसीमा यात्रामाथि बेलायतले लगाएको अवरोध हटाउन दुवै देशबीच बुधबार सहमति भएको छ।मंगलबार डोभरमा सयौं मालबाहक ट्रकहरूको ताँती देखिएको थियो। युरोपेली युनियनबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) पछिको अवस्थामा बेलायतमाथि आइपर्ने संकटको आँकलन गर्न जुझिरहेका प्रधानमन्त्री बोरिस जोन्सनमाथि पछिल्लो घटनाले थप चिन्तित बनाएको छ।

">