मकवानपुर। तत्कालीन राणा सरकारका लागि मकवानपुरको भीमफेदीबाट काठमाडौंसम्म गाडी बोकेर भित्र्याउनेमध्येका एक हिराबहादुर घलानको गएराति निधन भएको छ।
मकवानपुरको थाहा नगरपालिका-५ निवासी ८९ वर्षीय जिउँदो इतिहास घलानको गएराति निधन भएको हो। घलानको निधनसँगै नेपालमा गाडी बोक्नेहरूको कथा इतिहासको पानामा सीमित हुन पुगेको छ।
दुई वर्षअघि थाहा-५ कै जुक्तबहादुर वाइबाको निधनपछि घलान राणा शासकका लागि गाडी बोकेर काँध खियाउने एक मात्र जीवित पात्र थिए। वडाकै सबैभन्दा ज्येष्ठ घलानको निधनले आफू अत्यन्त दुःखी भएको थाहा-५ का वडाध्यक्ष विष्णुबहादुर गुरूङले बताए।
जीवनभर २५ वटा गाडी बोकेर काठमाडौं भित्र्याउने कार्यमा उनी सहभागी थिए। घलान पहिलोपटक २००६ सालमा गाडी बोक्दै काठमाडौं छिरेका थिए। उनी एक पटक ९६ जनाले गाडी बोक्दा सहभागी भएका थिए भने ६४ जनाले बोक्दा १० पटक।
राणाकालमा भीमफेदीबाट काठमाडौंका लागि गाडी बोक्न सानो फाखेल, ठूलो फाखेल, तसर, मार्खु, सर्वाङ, बिसिंखेल, चित्लाङ, फाखेललगायत क्षेत्रका बासिन्दा भरिया हुन जाने गर्थे। थाहा नगरपालिकाको तसर गाउँका मात्रै ४८ भरियाले राणाकालीन गाडी बोकेका थिए।
आफ्ना बुबाले राणाहरुको गाडी बोकेको र लाठे भएपछि आफू पनि त्यही काममा लागेको निधन हुनुअघि घलानले सुनाउँदै आएका थिए। एक वर्षदेखि पक्षघातले थलिएका उनी घरमै बसेर आराम गरिरहेका थिए। उनका दुई छोरा र तीन छोरी छन्।
" /> मकवानपुर। तत्कालीन राणा सरकारका लागि मकवानपुरको भीमफेदीबाट काठमाडौंसम्म गाडी बोकेर भित्र्याउनेमध्येका एक हिराबहादुर घलानको गएराति निधन भएको छ।मकवानपुरको थाहा नगरपालिका-५ निवासी ८९ वर्षीय जिउँदो इतिहास घलानको गएराति निधन भएको हो। घलानको निधनसँगै नेपालमा गाडी बोक्नेहरूको कथा इतिहासको पानामा सीमित हुन पुगेको छ।

">