काठमाडौं। कुनै समय मध्य एसियाको सभ्यता सारा संसारका लागि चासोको विषय थियो भने यस क्षेत्रका वासिन्दाका निम्ति गर्वको विषय।
७०० वर्षअघि उक्त सभ्यता नष्ट हुनुमा तत्कालीन क्रूर शासक चंगेज खानलाई दोषी मानिन्थ्यो। तर, बेलायती शोधकर्ताहरुले हालै गरेको एक अध्ययनले उक्त सभ्यता चंगेज खानका कारण नभई जलवायु परिवर्तनका कारण नष्ट भएको पत्ता लागेको छ।
अनुसन्धानका लागि शोधकर्ताहरुले मध्य एसियाको अरल सागरको वरपरका नदीकिनाराको अध्ययन गरेका थिए। त्यो समय नदी विशाल रहेकामा अहिले निकै खुम्चिएको अध्ययनले देखाएको छ।
डेली मेलमा प्रकाशित खबरअनुसार सयौं वर्षअघि अरल सागर तथा त्यसमा मिसिने नदीहरु मध्य एसियाको सभ्यताको केन्द्रमा थिए। खेतबारीमा सिँचाइ गर्नका लागि यसैको पानी प्रयोग हुन्थ्यो। यस क्षेत्रको पतनका पछाडिको कारणमा मंगोलको हमलालाई लिइन्छ। १३औं शताब्दीको पूर्वाद्र्धमा मंगोलहरुको नेतृत्वमा क्रूर शासक चंगेज खान थिए।
बदलिँदो जलवायु मध्य एसियाको सभ्यता पतनको कारण
नदीहरुमाथि गरिएको शोधमा के पत्ता लागेको छ भने, बदलिँदो जलवायु तथा खराब परिस्थितिहरु नै मध्य एसियाको सभ्यता विनाशको वास्तविक कारण हो। विशेषज्ञहरुले उक्त क्षेत्रको बाढीको पानी र जलवायु परिवर्तनको असरको अध्ययन गरेका थिए।
उनीहरुले नदीहरुमा पानीको घट्दो जलस्तर तथा सुख्खाका कारण उक्त क्षेत्रमा पाइने सभ्यता नष्ट भएको पत्ता लगाएका हुन्।
चंगेज खान मंगोल साम्राज्यका संस्थापक थिए। क्रूरताका कारण कुख्यात उनले चार करोड मानिसको हत्या गरेर छिमेकी देशहरु तथा मध्य एसियामा आफ्नो शासन स्थापित गरेका थिए।
नयाँ शोधका लेखक प्राध्यापक मार्क म्याकलिन भन्छन्, ‘‘हाम्रो शोधले बताएको छ– मध्य एसियाको महान् सभ्यताको नाशको कारक चंगेज खान नभएर जलवायु परिवर्तन हो।’’
(एनबीटी)