काठमाडौं। बाजुरामा एक महिला पसलमा चरेस फेला परेपछि पक्राउ परेका छन्।
पक्राउ पर्नेमा ४९ वर्षीया मैना रोकाय रहेकी छिन्। उनी जिल्लाको गौमुल गाउँपालिका-१ की हुन्।
बडिमालिका नगरपालिका-८ मार्तडीमा उनको पसल छ। सोही पसलमा करिब ५०० ग्राम चरेस फेला परेपछि उनलाई जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
यस्तै, मोरङको विराटनगर महानगरपलिका-१२ प्रगति टोलबाट चार ग्राम ब्राउन सुगरसहित सोही ठाउँ बस्ने २६ वर्षीय सन्तोष मण्डल मंगलबार दिउँसो पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त परिमाणको लागुऔषधसहित फेला पारी उनलाई पक्राउ गरेको हो।
पक्राउ परेका दुवैजनाविरुद्ध प्रहरीले लागुऔषध नियन्त्रण ऐनसम्बन्धी कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान थालेको जनाएको छ।
" /> काठमाडौं। बाजुरामा एक महिला पसलमा चरेस फेला परेपछि पक्राउ परेका छन्।पक्राउ पर्नेमा ४९ वर्षीया मैना रोकाय रहेकी छिन्। उनी जिल्लाको गौमुल गाउँपालिका-१ की हुन्।

">