काठमाडौं। कुनै पनि सभा–समारोह वा अन्य कार्यक्रममा पनि अधिकांश नेताहरु आफैं केही बोल्दैनन्, उनीहरुले के बोल्ने भन्नेबारे सल्लाह–सुझाव दिने वा भाषण लेख्ने अर्कै मानिस हुन्छन्।
महाशक्ति अमेरिकाका राष्ट्रपतिलगायत अन्य शीर्ष पदका व्यक्तिले आफ्नो भाषण लेख्ने मानिस नियुक्ति गरेका हुन्छन्। अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले आफ्नो भाषण लेख्नका लागि भारतीयमूलका अमेरिकी विनय रेड्डीलाई नियुक्त गरेका छन्। रेड्डी लामो समयदेखि बाइडेनका सहयोगी थिए।
बाइडेनले राष्ट्रपति कार्यालयका उपनिर्देशकमा अर्का भारतीय–अमेरिकी गौतम राघवनलाई चुनेका छन्। राघवनले पनि ह्वाइटहाउसमा यसअघि नै काम गरेका थिए। राष्ट्रपति बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले ह्वाइट हाउसका लागि अन्य चार वरिष्ठ कर्मचारीसमेत नियुक्त गरेका छन्।
बाइडेनले भनेका छन्, ‘‘यी अनुभवी व्यक्तिहरुले हाम्रा नीति कार्यान्वयन गर्न सहयोग गर्ने छन् र यस्तो निर्माणको बाटोमा लैजाने छन्, जुन यसअघि कहिल्यै भएको थिएन।’’ रेड्डीले बाइडेन र ह्यारिसको चुनाव प्रचारको वरिष्ठ सल्लाहकारको भूमिका निर्वाह गर्नुका साथै उनीहरुको भाषण लेखेर सहयोग गरेका थिए। राघवनले भने भारतीय–अमेरिकी सांसद प्रमिला जयपालको चिफ अफ स्टाफका रुपमा काम गरेका थिए। (एजेन्सी)