काठमाडौं। पाकिस्तानको राजधानी इस्लामावादमा एक हिन्दु मन्दिर बनाउने बाटो खुलेको छ। राजधानी विकास प्राधिकरण (सीडीए)ले हिन्दु समुदायलाई सहरमा प्रस्तावित कृष्ण मन्दिर र मसानघाट बनाउने अनुमति दिएको हो।

सत्तारुढ पाकिस्तान तहरिक–ए–इन्साफ (पीटीआई) पार्टीका अल्पसंख्यक समुदायका सांसदले सहरमा पहिलो हिन्दु मन्दिर बनाउन दिइएको अनुमतिको स्वागत गर्दै यसलाई सरकारको महत्वपूर्ण निर्णय मानेका छन्।

सीडीएले इस्लामावादको हिन्दु पञ्चायतका अध्यक्षलाई एक पत्र लेख्दै मन्दिर, सामुदायिक भवन तथा मसानघाट बनाउन सशर्त अनुमति दिएको जानकारी गराएको छ। उक्त मन्दिर इस्लामावादको सेक्टर एच–९–२ मा बन्नेछ। उक्त पत्रअनुसार मन्दिरको पर्खाल सात फिटभन्दा अग्लो हुने छैन।

पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफ सरकारले २०१७ मा मन्दिर निर्माणका लागि इस्लामावादमा केही जग्गा दिएको थियो। सोही जग्गामा त्यहाँका हिन्दु समुदाय कृष्ण मन्दिर बनाउन चाहन्थे। त्यसैबेला मन्दिर निर्माणको काम सुरु गरिँदा केही धार्मिक संस्थाले कडा विरोध जनाएका थिए।

लाहौरमा जामिया असर्फिया मदरसाका मुफ्ती मुहम्मद जकारियाले मन्दिर निर्माण विरुद्ध ‘फतवा’ जारी गरेका थिए। फतवामा अल्पसंख्यकका लागि मौजुदा पूजास्थलको मर्मत गर्न सकिने तर नयाँ मन्दिर बनाउन अनुमति दिन नसकिने उल्लेख थियो।

मन्दिर निर्माण रोक्नका लागि इस्लामावाद उच्च अदालतमा तीनवटा उजुरी परेको थियो। निर्माणकार्य रोक्न अनेक प्रयत्न भएको थियो। तर, इस्लामावाद उच्च अदालतले ती उजुरी खारेज गरिदिएको थियो।

पाकिस्तान सरकारले यसबारे इस्लामिक वैचारिक परिषद्को सुझावसमेत लिएको थियो। परिषद्ले मन्दिर निर्माणकौ पक्षमा फैसला सुनाउँदै हिन्दु समुदायलाई आफ्नो रीतिरिवाज मान्ने संवैधानिक अधिकार रहेको बताएको थियो।

पाकिस्तानमा करिब ८० लाख हिन्दु छन्। दक्षिणी सिन्ध प्रान्तका उमरकोट, मिरपुर खास तथा थारपाकरमा हिन्दु आवादी अधिक छ। इस्लामावादमा भने करिब तीन हजार हिन्दु रहेको अनुमान छ। (बीबीसी)

" /> काठमाडौं। पाकिस्तानको राजधानी इस्लामावादमा एक हिन्दु मन्दिर बनाउने बाटो खुलेको छ। राजधानी विकास प्राधिकरण (सीडीए)ले हिन्दु समुदायलाई सहरमा प्रस्तावित कृष्ण मन्दिर र मसानघाट बनाउने अनुमति दिएको हो।

सत्तारुढ पाकिस्तान तहरिक–ए–इन्साफ (पीटीआई) पार्टीका अल्पसंख्यक समुदायका सांसदले सहरमा पहिलो हिन्दु मन्दिर बनाउन दिइएको अनुमतिको स्वागत गर्दै यसलाई सरकारको महत्वपूर्ण निर्णय मानेका छन्।

सीडीएले इस्लामावादको हिन्दु पञ्चायतका अध्यक्षलाई एक पत्र लेख्दै मन्दिर, सामुदायिक भवन तथा मसानघाट बनाउन सशर्त अनुमति दिएको जानकारी गराएको छ। उक्त मन्दिर इस्लामावादको सेक्टर एच–९–२ मा बन्नेछ। उक्त पत्रअनुसार मन्दिरको पर्खाल सात फिटभन्दा अग्लो हुने छैन।

पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफ सरकारले २०१७ मा मन्दिर निर्माणका लागि इस्लामावादमा केही जग्गा दिएको थियो। सोही जग्गामा त्यहाँका हिन्दु समुदाय कृष्ण मन्दिर बनाउन चाहन्थे। त्यसैबेला मन्दिर निर्माणको काम सुरु गरिँदा केही धार्मिक संस्थाले कडा विरोध जनाएका थिए।

लाहौरमा जामिया असर्फिया मदरसाका मुफ्ती मुहम्मद जकारियाले मन्दिर निर्माण विरुद्ध ‘फतवा’ जारी गरेका थिए। फतवामा अल्पसंख्यकका लागि मौजुदा पूजास्थलको मर्मत गर्न सकिने तर नयाँ मन्दिर बनाउन अनुमति दिन नसकिने उल्लेख थियो।

मन्दिर निर्माण रोक्नका लागि इस्लामावाद उच्च अदालतमा तीनवटा उजुरी परेको थियो। निर्माणकार्य रोक्न अनेक प्रयत्न भएको थियो। तर, इस्लामावाद उच्च अदालतले ती उजुरी खारेज गरिदिएको थियो।

पाकिस्तान सरकारले यसबारे इस्लामिक वैचारिक परिषद्को सुझावसमेत लिएको थियो। परिषद्ले मन्दिर निर्माणकौ पक्षमा फैसला सुनाउँदै हिन्दु समुदायलाई आफ्नो रीतिरिवाज मान्ने संवैधानिक अधिकार रहेको बताएको थियो।

पाकिस्तानमा करिब ८० लाख हिन्दु छन्। दक्षिणी सिन्ध प्रान्तका उमरकोट, मिरपुर खास तथा थारपाकरमा हिन्दु आवादी अधिक छ। इस्लामावादमा भने करिब तीन हजार हिन्दु रहेको अनुमान छ। (बीबीसी)

"> इस्लामावादमा बन्ने भयो कृष्णमन्दिर, पाकिस्तान सरकारले दियो स्वीकृति: Dekhapadhi
इस्लामावादमा बन्ने भयो कृष्णमन्दिर, पाकिस्तान सरकारले दियो स्वीकृति
काठमाडौं। पाकिस्तानको राजधानी इस्लामावादमा एक हिन्दु मन्दिर बनाउने बाटो खुलेको छ। राजधानी विकास प्राधिकरण (सीडीए)ले हिन्दु समुदायलाई सहरमा प्रस्तावित कृष्ण मन्दिर र मसानघाट बनाउने अनुमति दिएको हो।

सत्तारुढ पाकिस्तान तहरिक–ए–इन्साफ (पीटीआई) पार्टीका अल्पसंख्यक समुदायका सांसदले सहरमा पहिलो हिन्दु मन्दिर बनाउन दिइएको अनुमतिको स्वागत गर्दै यसलाई सरकारको महत्वपूर्ण निर्णय मानेका छन्।

सीडीएले इस्लामावादको हिन्दु पञ्चायतका अध्यक्षलाई एक पत्र लेख्दै मन्दिर, सामुदायिक भवन तथा मसानघाट बनाउन सशर्त अनुमति दिएको जानकारी गराएको छ। उक्त मन्दिर इस्लामावादको सेक्टर एच–९–२ मा बन्नेछ। उक्त पत्रअनुसार मन्दिरको पर्खाल सात फिटभन्दा अग्लो हुने छैन।

पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफ सरकारले २०१७ मा मन्दिर निर्माणका लागि इस्लामावादमा केही जग्गा दिएको थियो। सोही जग्गामा त्यहाँका हिन्दु समुदाय कृष्ण मन्दिर बनाउन चाहन्थे। त्यसैबेला मन्दिर निर्माणको काम सुरु गरिँदा केही धार्मिक संस्थाले कडा विरोध जनाएका थिए।

लाहौरमा जामिया असर्फिया मदरसाका मुफ्ती मुहम्मद जकारियाले मन्दिर निर्माण विरुद्ध ‘फतवा’ जारी गरेका थिए। फतवामा अल्पसंख्यकका लागि मौजुदा पूजास्थलको मर्मत गर्न सकिने तर नयाँ मन्दिर बनाउन अनुमति दिन नसकिने उल्लेख थियो।

मन्दिर निर्माण रोक्नका लागि इस्लामावाद उच्च अदालतमा तीनवटा उजुरी परेको थियो। निर्माणकार्य रोक्न अनेक प्रयत्न भएको थियो। तर, इस्लामावाद उच्च अदालतले ती उजुरी खारेज गरिदिएको थियो।

पाकिस्तान सरकारले यसबारे इस्लामिक वैचारिक परिषद्को सुझावसमेत लिएको थियो। परिषद्ले मन्दिर निर्माणकौ पक्षमा फैसला सुनाउँदै हिन्दु समुदायलाई आफ्नो रीतिरिवाज मान्ने संवैधानिक अधिकार रहेको बताएको थियो।

पाकिस्तानमा करिब ८० लाख हिन्दु छन्। दक्षिणी सिन्ध प्रान्तका उमरकोट, मिरपुर खास तथा थारपाकरमा हिन्दु आवादी अधिक छ। इस्लामावादमा भने करिब तीन हजार हिन्दु रहेको अनुमान छ। (बीबीसी)

प्रतिक्रिया दिनुहोस्