गोरखा। उत्तरी गोरखाको विकट क्षेत्रमा पर्ने चुमनुब्री गाउँपालिकामा दुई झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ।
वडा नं ५ स्थित श्रृङ्गी र कोयाखोलामाथिको झोलुङ्गे पुल निर्माण सम्पन्न भएको गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले जानकारी दिए। पुल निर्माण भएसँगै श्रृङ्गी गुम्बा आउजाउका लागि अब स्थानीयवासीले तीन घण्टा बढी लामो बाटो हिँड्नु नपर्ने भएको उनले बताए।
“श्रृङ्गीखोला माथि पुल नबन्दा वर्षौँदेखि यहाँका नागरिक श्रृङ्गी गुम्बा पुग्नका लागि तीन घण्टा घुमेर जानुपर्ने बाध्यता थियो”, अध्यक्ष गुरुङले भन्नुभयो, “अब पुल बन्यो सबैलाई सजिलो भएको छ ।” दुईवटा पुल बनेपछि उत्तरी गोरखामा आउने पर्यटकका लागि यात्रा सहज हुनेछ ।
नेपाल सरकार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत स्विस सरकारको सःशर्त अनुदानमार्फत एक करोड ९८ लाख ५० हजार ४८६ मा पुल निर्माण सम्पन्न गरिएको अध्यक्ष गुरुङले जानकारी दिए।
श्रृङ्गी खोलामाथिको पुलका लागि ९९ लाख ५४ हजार २५३ र कोयाखोलामाथिको पुलका लागि ९८ लाख ९६ हजार २३३ खर्च भएको छ । दुवै पुल उपभोक्ता समितिमार्फत निर्माण सम्पन्न गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठले बताए।
निर्माण सम्पन्न श्रृङ्गी पुलको लम्बाइ ११० मिटर र कोयाखोलामाथि निर्माण गरिएको पुल १२० मिटर लामो छ। दुवै पुलको मङ्गलबार एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष गुरुङ र श्रृङ्गी गुम्बाका प्रमुख टिल्कुकर्म लामाले उद्घाटन गरे। गुम्बाका प्रमुख लामाले पुल नबन्दासम्म भिरको बाटो भएर तलमाथि गुम्बा आउजाउ गर्नुपर्ने जोखिम भए पनि अब त्यसको अन्त्यमा भएको बताए।
" /> गोरखा। उत्तरी गोरखाको विकट क्षेत्रमा पर्ने चुमनुब्री गाउँपालिकामा दुई झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ।वडा नं ५ स्थित श्रृङ्गी र कोयाखोलामाथिको झोलुङ्गे पुल निर्माण सम्पन्न भएको गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले जानकारी दिए। पुल निर्माण भएसँगै श्रृङ्गी गुम्बा आउजाउका लागि अब स्थानीयवासीले तीन घण्टा बढी लामो बाटो हिँड्नु नपर्ने भएको उनले बताए।

">