धवलागिरि गाउँसभाबाट अस्पताल बनाउने ठाउँको टुंगाे
<p>म्याग्दी। म्याग्दीको धवलागिरि गाउँपालिकाले विशेष गाउँसभाबाट पालिकास्तरीय अस्पताल बनाउने ठाउँको टुङ्गो लगाएको छ।</p>
<p>गाउँपालिकाको कार्यालय रहेको मुनामा मंगलबार सम्पन्न गाउँसभाले वडा नं ७ को ताकममा पाँच शय्या क्षमताको अस्पताल बनाउने सर्वसम्मत निर्णय गरेको हो।</p>
<p>गाउँपालिकाका अध्यक्ष थमसरा पुनले अस्पताल बनाउने ठाउँको टुङ्गो लगाइनुका साथै यसअघि छरिएर राखिएका शाखा कार्यालय एकै ठाउँबाट सञ्चालन गर्ने निर्णय भएको जानकारी दिइन्। </p>
<p>वडा नं ३ को सातमुलेमा गाउँपालिकाको स्थायी केन्द्र कायम गरेको २०७४ साउन २५ गतेको गाउँसभाले अन्य विषयगत शाखा कार्यालय वडा नं ७ र ३ बाट सञ्चालन गर्ने तथा वडा नं ७ मा पर्ने धारापानीमा १५ शय्या क्षमताको अस्पताल बनाउने निर्णय गरेको थियो । <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्
