बेलायतस्थित नेपाली दूतावासले भिसा जारी नगर्ने
<p>काठमाडाैं। सरकारले बेलायतबाट नेपाल आउने यात्रुको आगमनमा रोक लगाउने निर्णय गरेसँगै बेलायतस्थित नेपाली दूतावासले भिसा जारी नगर्ने भएकाे छ। </p>
<p>दूतावासले एक सूचना जारी गर्दै पर्यटक र अन्य भिसा अर्काे सूचना नहुञ्जेलसम्मका लागि जारी नहुने जनाएकाे हाे। </p>
<p>बेलायतमा कोभिड-१९ ले स्वरुप बदलेसँगै सङ्क्रमण तीव्र भएकाले त्यहाँबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोक लगाइएको हाे। </p>
प्रतिक्रिया दिनुहोस्
