काठमाडौं। त्रिभुवन विश्वविद्यालयले यो वर्षको हिउँदे विदा नदिने भएको छ। कोरोना महामारीका कारण यो वर्षको हिउँदे बिदा रद्द गरिएको त्रिविले जनाएको छ।
त्रिविका शिक्षकहरूलाई दिँदैं आएको हिउँदे विदा यो वर्षका लागि रद्द गरेर पठनपाठनलाई सुचारु गर्ने निर्णय त्रिवि कार्यकारी परिषद्को बैठकले गरेको हो।
त्रिवि रजिस्ट्रारको कार्यालय, सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख सूर्यप्रसाद अधिकारीद्वारा जारी विज्ञप्तिमा सम्भव भएसम्म भौतिक उपस्थिति र नभएको खण्डमा वैकल्पिक व्यवस्था अनुसार पठनपाठन सुचारू गर्न भनिएको छ।
गत चैत सात गतेदेखि त्रिविले पठनपाठन बन्द गराएको थियो। कोरोना महामारीकाबीच स्वास्थ्य सुरक्षा सावधानी अपनाउँदैं त्रिविले परीक्षा सञ्चालन गर्दै आएको छ। पाँच लाख भन्दा बढी विद्यार्थी अध्ययनर त्रिविले विद्यार्थीको भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गर्दै आएको हो।
त्यस्तै पठनपाठनलाई पनि निरन्तरता दिएको त्रिविले स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न कलेजहरूलाई आग्रह गरेको छ।