काठमाडौँ। नेपाल भारत सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि तथा तस्करी नियन्त्रण गर्न खटाइएका घुमुवालाई फिर्ता बोलाइएको छ।
आचरण विपरीत काम गर्न थालेपछि सशस्त्र प्रहरी बल नेपाल छिन्नमस्ता वाहिनी मुख्यालय प्रदेश २ महोत्तरीले उनीहरूलाई फिर्ता बोलाएको हो। प्रदेश २ को आठ जिल्लामा ६२ जना सशस्त्रका घुमुवालाई सीमा क्षेत्रको निगरानी तथा तस्करी नियन्त्रणका लागि खटाइएका थिए।
घुमुवाहरूले तस्करहरूसँग मिलेर आचरणविपरीत काम गरेको भेटिएपछि उनीहरूलाई कारबाहीस्वरूप महोत्तरीको बर्दिवासस्थित मुख्यालयमा तानिएको हो।
प्रदेश २ का आठै जिल्लाका घुमुवाले प्रहरी आचरणविपरीत काम गरिरहेकाले उनीहरूलाई मुख्यालयमा तानिएको प्रदेश नं २ का सशस्त्र प्रहरी नायब महानिरीक्षक चन्द्रप्रकाश गौतमले स्वीकारे। उनले भने, “घुमुवाहरूलाई तानेर उनीहरूलाई भीड नियन्त्रण कसरी गर्ने, आन्दोलनमा ढुङ्गामुढा भएपछि कसरी नियन्त्रण गर्ने जस्ता ‘रिय रेस’ भन्ने तालिम दिइएको छ।”
घुमुवाले सीमानाकाबाट महिनावारी रकम लिएर तस्करी गराउने गरेको सूचनाका आधारमा उनीहरूलाई कारबाहीस्वरूप प्रदेश प्रहरी कार्यालयमा तानिएको प्रहरी नायब महानिरीक्षक गौतमले बताए।
प्रहरी नायब महानिरीक्षक भएर प्रदेश २ मा आएपछि घुमुवाले तस्करसँगको मिलेमतोमा तस्करी गराइरहेको उजुरी परेपछि कारबाहीस्वरूप उनीहरूलाई प्रदेश मुख्यालयमा तानिएको उनले बताए।
रासस
" /> काठमाडौँ। नेपाल भारत सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि तथा तस्करी नियन्त्रण गर्न खटाइएका घुमुवालाई फिर्ता बोलाइएको छ।आचरण विपरीत काम गर्न थालेपछि सशस्त्र प्रहरी बल नेपाल छिन्नमस्ता वाहिनी मुख्यालय प्रदेश २ महोत्तरीले उनीहरूलाई फिर्ता बोलाएको हो। प्रदेश २ को आठ जिल्लामा ६२ जना सशस्त्रका घुमुवालाई सीमा क्षेत्रको निगरानी तथा तस्करी नियन्त्रणका लागि खटाइएका थिए।

">