फाइल फोटो।
प्रशासकीय अधिकृतको कार्यकक्ष अगाडि प्रेसर कुकर बम
काठमाडौं। सिरहाको सुखीपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष अगाडि आज बिहान प्रेसर कुकर बम फेला परेको छ।

कार्यालय खुलेपछि सरसफाइ गर्ने बेलामा कार्यालय सहयोगीले अधिकृतको कार्यकक्षको गेट नजिकै एउटा कालो ब्यागमा प्रेसर कुकुर बम राखिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए।
बम फेला परेको सूचना पाउनासाथ इलाका प्रहरी सुखीपुर तथा सशस्त्र बेश क्याम्पस सुखीपुरबाट खटिएको टोलीले कार्यालयलाई तत्कालका लागि सिल गरेको सिरहाका प्रहरी उपरीक्षक उमाशङ्कर पञ्जियारले जानकारी दिए।

अज्ञात समूहले विस्फोट गराउने उद्देश्यले सो बम राखेको हुनसक्ने प्रहरीको अनुमान छ। फेला परेको बम निष्क्रिय पार्न नेपाली सेनाको टोली घटनास्थल पुगिसकेको र निष्क्रिय पार्ने तयारी गरिरहेको प्रहरीले जनाएको छ।

कार्यालय बन्द रहेकाले को कति बेला कसरी बम कार्यालयमा राखियो भन्ने बारेमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पञ्जियारको भनाइ छ। (रासस)

प्रतिक्रिया दिनुहोस्