४० वर्षीय पुरुषबाट १७ वर्षीया किशोरी बलात्कृत
<p>इलाम। १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा ईलाम नगरपालिका–१ बस्ने ४० वर्षीय भिम राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।</p>
<p>भिमले ती किशोरीलाई कात्तिक ३ गते बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय ईलामबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।</p>
<p>घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्
