न्यूरोडबाट स्रोत नखुलेको १७ लाखभन्दा धेरै रकमसहित एक युवक पक्राउ
<p>काठमाडौं,। काठमाडौं महानगरपालिका–२२ न्यूरोडबाट स्रोत नखुलेको १३ लाख ५ हजार रुपैयाँ सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।</p>
<p>पक्राउ पर्नेमा धादिङ खनियाबास गाउँपालिका–३ बस्ने २५ वर्षीय बिर्ज तामाङ रहेका छन्। उनलाई प्रहरीले सोमबार पक्राउ गरेको हो।</p>
<p>महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले बिर्जलाई शंकास्पद अवस्थामा फेला पारी जाँच गर्दा उनको साथबाट उक्त रकम फेला पारी पक्राउ गरेको हो। </p>
<p>यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्
