४३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा ३२ वर्षीय पुरुष पक्राउ
<p>उदयपुर। गत महिना ४३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा त्रियुगा नगरपालिका–७ बस्ने ३२ वर्षीय दिपक मिरिङचिङलाई सोमबार प्रहरीले पक्राउ गरेको छ।</p>
<p>दिपकले ती महिलालाई मंसिर १३ गते बलात्कार गरेको भन्ने उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।</p>
प्रतिक्रिया दिनुहोस्
