काठमाडौं। मोरङको कानेपोखरी गाउँपालिका-५ भौसाबारीबाट अवैध लागूऔषध ४० ग्राम ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थसहित ५ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सोही गाउँपालिका बस्ने १९ वर्षीय मुस्कान चौधरी, १९ वर्षीय बिक्रम मगर, २२ वर्षीय पंचन साह, सोही गाउँपालिका–२ बस्ने २४ वर्षीय राजेश धिमाल र लेटाङ नगरपालिका-३ बस्ने २३ वर्षीय शान्तिराम काफ्ले रहेका छन्।
उक्त स्थानमा लागूऔषध बिक्री भईरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त परिमाणको पदार्थ, को.३५ प २२७२ र को.३३ प २६६ नम्बरका २ थान मोटरसाईकल सहित फेला पारी पक्राउ गरेको हो।
उदयपुरको त्रियुगा नगरपालिका–११ मेनचोकबाट अवैध लागूऔषधसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही ठाउँ बस्ने जोनसेना भन्ने २५ वर्षीय सुमन बस्नेत लगायत छन्। उनीहरुको साथबाट प्रहरीले करिब ३९.१७ ग्राम ब्राउनसुगर र नगद ७८ हजार ६ सय २० रुपैयाँ बरामद गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषध र नगदसहित फेला पारी पक्राउ गरेको हो।
घटनाहरुका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।