काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खेलकुद विकास समिति सानोगौचरण काठमाडौंका खरिदार (सहायक द्वितीय) तिलकप्रसाद घिमिरेलार्य १५ हजार रूपैयाँ घुससहित पक्राउ गरेको छ।
अख्तियारको टंगालस्थित कार्यालयबाट खटिएको एक टोलीले खरिदार घिमिरेलाई १५ हजार रूपैयाँ घुससहित आज उनकै कार्यालय परिसरबाट पक्राउ गरेको हो।
घिमिरेले क्लबको प्रमाणपत्र नवीकरण गर्नको लागि सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको भन्ने सूचना प्राप्त गरेपछि अख्तियारले उनीमाथि निगरानी बढाएको थियो।
यसै क्रममा उनलाई आज घुस रकमसहित पक्राउ गरेको हो। उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
" /> काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खेलकुद विकास समिति सानोगौचरण काठमाडौंका खरिदार (सहायक द्वितीय) तिलकप्रसाद घिमिरेलार्य १५ हजार रूपैयाँ घुससहित पक्राउ गरेको छ।अख्तियारको टंगालस्थित कार्यालयबाट खटिएको एक टोलीले खरिदार घिमिरेलाई १५ हजार रूपैयाँ घुससहित आज उनकै कार्यालय परिसरबाट पक्राउ गरेको हो।

">