चितवन। कोरोना भाइरसको सङ्क्रमणसँगै सुस्ताएको यहाँको पर्यटन क्षेत्रलाई चलायमान बनाउन ‘घुमौं सौराहा अभियान’ सुरु गरिने भएको छ।
विदेशी पर्यटक तत्काल आउने अवस्था नभएपछि आन्तरिक पर्यटन प्रवर्द्धनका लागि अभियान सुरु गर्न लागिएको हो।
क्षेत्रीय होटल संघ सौराहाको आयोजनामा अभियान सुरु गरिँदैछ।
सङ्घका अध्यक्ष दीपक भट्टराईले आन्तरिक पर्यटनमार्फत क्रमिकरूपमा चलायमान बन्दै गएको सौराहाको प्रचारका लागि अभियान सुरु गर्न लागिएको जानकारी दिए।
आन्तरिक पर्यटकका लागि आकर्षक प्याकेजसहित कार्यक्रम गरिँदैछ।
अभियानको क्रममा पुस १० गते विराटनगर, पुस ११ गते जनकपुर र पुस १२ गते वीरगञ्जमा विविध कार्यक्रम आयोजना गर्ने तयारी गरिएको उनले जानकारी दिए।
कोरोना भाइरसका कारण पर्यटन व्यवसाय ठप्प भएको भन्दै उनले स्वदेशभित्र घुम्न र पर्यटकलाई आकर्षित गर्न ‘घुमौं सौराहा अभियान’ सुरू गर्न लागेको जानकारी दिए। रासस
" /> चितवन। कोरोना भाइरसको सङ्क्रमणसँगै सुस्ताएको यहाँको पर्यटन क्षेत्रलाई चलायमान बनाउन ‘घुमौं सौराहा अभियान’ सुरु गरिने भएको छ।विदेशी पर्यटक तत्काल आउने अवस्था नभएपछि आन्तरिक पर्यटन प्रवर्द्धनका लागि अभियान सुरु गर्न लागिएको हो।

">