काठमाडौँ महानगरपालिकाले ‘बजार व्यवस्थापन तथा अनुगमन विधेयक २०७७’ र हाँडीगाउँ संस्कृति संरक्षण अक्षय कोष सञ्चालन कार्यविधि तर्जुमा गर्न सैद्धान्तिक सहमति दिएको छ।
कामपाको प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षमा आज बसेको ५४ औँ कार्यपालिका बैठकले अनुगमन विधेयक र अक्षय कोष सञ्चालन कार्यविधि तर्जुमा गर्न सैद्धान्तिक सहमति दिएको हो। बैठकले यही २७ गते आठौँ अधिवेशनको मितिसमेत तोकेको छ। त्यसैगरी बैठकले कमलपोखरीको पुनःनिर्माण, वडा नं ५ स्थित गोरखनाथ पुनःनिर्माण र वडा नं २५ स्थित ओलाछिं त्वाः छेँ पुनःनिर्माणको म्याद थप गर्ने निर्णय पनि गरेको छ।
यसै गरी वडा नं २२ स्थित सैनिक अस्पतालको अभिलेखीकरण दस्तुरमा ८० प्रतिशत र वडा नं ७ स्थित शिवदर्शन ज्ञानकुञ्ज व्रह्मकुमारी पाठशालाको नक्सा दस्तुर छुट गर्ने निर्णय पनि गरेको छ। बैठकमा जुम्लाको चन्दननाथ नगरपालिकासँग भगिनी सम्बन्ध सहमतिमा हस्ताक्षर गर्ने निर्णय पनि गरेको छ।
यस्तै रामग्राम नगरको भगिनी सम्बन्ध कार्यक्रम प्रतिवेदन अनुमोदन गरेको छ। इन्द्रजात्रा पर्व संरक्षण अक्षय कोष सञ्चालन कार्यविधि र आगामी शैक्षिक सत्रदेखि कार्यान्वयनमा ल्याउन लागिएको नेपाल भाषाको प्रशिक्षणसम्बन्धी कार्यविधि माथि पनि छलफल भएको छ।
महानगरको सञ्चार विभागअन्तर्गत मेट्रो एफएममा कार्यरत भएकै बेला मृत्यु भएका पत्रकार विक्रम शाक्यकी धर्मपत्नी धनलक्ष्मी शाक्यलाई रु एक लाख सहयोग उपलब्ध गराउने निर्णय पनि गरेको छ।
रासस
" /> काठमाडौँ महानगरपालिकाले ‘बजार व्यवस्थापन तथा अनुगमन विधेयक २०७७’ र हाँडीगाउँ संस्कृति संरक्षण अक्षय कोष सञ्चालन कार्यविधि तर्जुमा गर्न सैद्धान्तिक सहमति दिएको छ।कामपाको प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षमा आज बसेको ५४ औँ कार्यपालिका बैठकले अनुगमन विधेयक र अक्षय कोष सञ्चालन कार्यविधि तर्जुमा गर्न सैद्धान्तिक सहमति दिएको हो। बैठकले यही २७ गते आठौँ अधिवेशनको मितिसमेत तोकेको छ। त्यसैगरी बैठकले कमलपोखरीको पुनःनिर्माण, वडा नं ५ स्थित गोरखनाथ पुनःनिर्माण र वडा नं २५ स्थित ओलाछिं त्वाः छेँ पुनःनिर्माणको म्याद थप गर्ने निर्णय पनि गरेको छ।

">