नयाँ दिल्ली। बेलायतमा कोरोनाभाइरसको नयाँ र बढी सङ्क्रामक समस्या उत्पन्न भएपछि भारतले बेलायतबाट भारतका लागि हुने सबै उडानहरूलाई अस्थायी रूपमा स्थिगित गर्ने निर्णय गरेको छ। बेलायतबाट हुने उडानलाई अस्थायी रूपमा रोक्ने केही यूरोपेली मुलुकहरूसहितले गरेको निर्णयसँग मेल खाने निर्णय भारतले पनि गरेको हो।
“बेलायतको कोभिड-१९ सिर्जित विद्यमान अवस्थालाई ध्यानमा राख्दै भारत सरकारले बेलायतबाट भारत आउने सबै उडानहरूलाई यो वर्षको डिसेम्बर ३१ सम्म स्थगित गर्ने निर्णय गरेको छ,” उड्डयन मन्त्रालयले ट्वीटमा भनेको छ।
उडान स्थगनको यो निर्णय मङ्गलबार राति ११ः५९ बाट लागू हुने बताइएको छ।
‘प्रशस्त सावधानीको उपाय’का लागि लिइएको यो निर्णय ट्रान्जिट उडानमा बेलायतबाट आउने यात्रीहरूका लागि भने पूर्णतया लागू हुने छैन अर्थात् आगमनमा आरटी-पीसीआर परीक्षणको रिपोर्ट भएमा उनीहरूलाई सम्बन्धित गन्तव्यमा जान रोक लगाइने छैन।
बेलायतमा ठूलो सङ्ख्या भारतीय प्रवासीहरूको छ र त्यहाँ प्रति दिन धेरै उडानहरू हुने गर्छन्। लन्डन-नयाँ दिल्ली तथा लन्डन-मुम्बईबीचमा हुने उडानबाट दैनिक सयौँ मानिसहरू बेलायत जाने र बेलायतबाट फर्किने गर्छन्।
रासस/एएफपी
" /> नयाँ दिल्ली। बेलायतमा कोरोनाभाइरसको नयाँ र बढी सङ्क्रामक समस्या उत्पन्न भएपछि भारतले बेलायतबाट भारतका लागि हुने सबै उडानहरूलाई अस्थायी रूपमा स्थिगित गर्ने निर्णय गरेको छ। बेलायतबाट हुने उडानलाई अस्थायी रूपमा रोक्ने केही यूरोपेली मुलुकहरूसहितले गरेको निर्णयसँग मेल खाने निर्णय भारतले पनि गरेको हो।“बेलायतको कोभिड-१९ सिर्जित विद्यमान अवस्थालाई ध्यानमा राख्दै भारत सरकारले बेलायतबाट भारत आउने सबै उडानहरूलाई यो वर्षको डिसेम्बर ३१ सम्म स्थगित गर्ने निर्णय गरेको छ,” उड्डयन मन्त्रालयले ट्वीटमा भनेको छ।

">