कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं। कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी झापाको शिवसताक्षी नगरपालिका-२ बस्ने २८ वर्षीय डम्बर ताजपुरियालाई आइतबार प्रहरीले पक्राउ गरेको छ।

जिल्ला अदालत झापाले उनलाई २०७६ फागुन ८ गते कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकेको थियो। त्यसपछि फरार रहेका ताजपुरियालाई विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनकै घरबाट पक्राउ गरेको हो।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापामा उपस्थित गराइएको थियो। अदालतले कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाउने आदेश दिएको छ।

प्रतिक्रिया दिनुहोस्