एजेन्सी। खगोल क्षेत्रमा आज दुर्लभ घटना हुँदैछ। त्यो हो– बृहस्पति र शनि ग्रह एकसाथ पृथ्वीबाट देखिँदै छन्, त्यो पनि ३९७ वर्षपछि।
अनुसन्धानकर्ताहरूको लागि आजको रात यस कारण विशेष हुने जनाइएको छ किनकि एकसाथ बृहस्पति र शनिको अनुसन्धान गर्न पाइनेछ।
बृहस्पति र शनि पृथ्वीबाट मात्र नजिक होइन, बृहस्पति र शनि पनि आपसमा सबैभन्दा नजिक आज हुँदै छन्। यो दृश्यलाई पृथ्वीबाट नाङ्गो आँखाले पनि अवलोकन गर्न सकिने खगोलविद्हरूले बताएका छन्।
यसअघि यस्तो दृश्य सन् १६२३ मा देखिएको थियो। अब यस्तो दृश्य सन् २०८० मा देखिनेछ। आज राति बृहस्पति र शनि दक्षिण-पश्चिम दिशामा देख्न सकिनेछ। आज राति यी दुई ग्रहबीचको दूरी मात्र ०.१ डिग्री हुनेछ।
नासाका अनुसार दक्षिणपश्चिम दिशामा सूर्यास्तपछि एकघण्टासम्म यी दुई ग्रहलाई एकसाथ देख्न सकिनेछ। नेपालबाट यो दृश्य आज साँझ ६ः४५ देखि ७ः४५ बजेसम्म देख्न सकिनेछ।
आज एकसाथ देखिने दुई ग्रहमा बढी चम्किलो बृहस्पति र कम चम्किलो शनि हुनेछ।
सूर्यमण्डलमा पाँचौँ ग्रह बृहस्पति हो भने छैठौँ शनि। बृहस्पतिले ११.८६ वर्षमा सूर्यको परिक्रमा गर्छ भने शनिले २९.५ वर्षमा। हरेक १९.६ वर्षमा बृहस्पति र शनि नजिक हुने गर्छन्।
" /> एजेन्सी। खगोल क्षेत्रमा आज दुर्लभ घटना हुँदैछ। त्यो हो– बृहस्पति र शनि ग्रह एकसाथ पृथ्वीबाट देखिँदै छन्, त्यो पनि ३९७ वर्षपछि।अनुसन्धानकर्ताहरूको लागि आजको रात यस कारण विशेष हुने जनाइएको छ किनकि एकसाथ बृहस्पति र शनिको अनुसन्धान गर्न पाइनेछ।

">