बागलुङमा १३ थान भरुवा बन्दुक बरामद

काठमाडौं। प्रहरीले बागलुङ जिल्लाका विभिन्न स्थानबाट आइतबार दिउँसो १३ थान भरुवा बन्दुक बरामद गरेको छ।

प्रहरीले जिल्लाको एक गाउँपालिका र एक नगरपालिकाबाट बेवारिस अवस्थामा रहेका भरुवा बन्दुक फेला पारेको हो।

बढीगाड गाउँपालिका-१ को सामुदायिक वनको पैयूको रुखमुनि लुकाएर राखिएको बेवारिस ८ थान भरुवा बन्दुक फेला परेको छ।

सोही गाउँपालिका-३ को लग्दी खोलाको किनारबाट २ थान बेवारिस बन्दुक फेला परेको हो।

यसैगरी, गलकोट नगरपालिका–९ कार्तिकेको जंगलबाट ३ थान भरुवा बन्दुक बरामद भएको र यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस्