काठमाडौं। पाकिस्तानका थुप्रै पाइलटले नक्कली लाइसेन्स लिएर विमान उडाइरहेको खबरले केही समय अघिदेखि हलचल मच्चाउँदै आएको छ।
अहिले त्यहाँको सरकारले नक्कली कागजपत्रका आधारमा लाइसेन्स लिएर विमान उडाइरहेका ५० पाइलटको लाइसेन्स रद्द गरेको छ। प्रशासनले अब पाइलटको लाइसेन्स लिने क्रममा तिनले कसरी प्रमाणपत्र हात पारे भन्ने विषयमा अध्ययन गर्ने भएको छ।
पाकिस्तानी नागरिक उड्डयन प्राधिकरण (सीएए) ले उच्च अदालतलाई यसबारे जानकारी दिइसकेको छ। नक्कली लाइसेन्सको प्रश्न यसै वर्ष मे २२ तारिखका दिन कराँचीमा पाकिस्तान एयरलाइन्सको विमान दुर्घटनाको पृष्ठभूमिमा उठेको थियो। उक्त दुर्घटनामा ९७ जनाको मृत्यु भएको थियो।
पाकिस्तानका उड्डयनमन्त्री गुलाम सरवरका अनुसार देशका ८६० सक्रिय पाइलटमध्ये २६० जनासँग कि त नक्कली लाइसेन्स छ कि त लाइसेन्स प्राप्त गर्न नक्कली कागजपत्र पेश गरेका छन् वा परीक्षामा गडबडी गरेका छन् । सरकारले तिनको नाम सार्वजनिक गर्नुको कारणमा पाकिस्तानबाहिर काम गरिरहेका पाइलटमाथि नकारात्मक धारणा नबनोस् भन्ने रहेको बताएको छ।
पाकिस्तानको डन पत्रिकाका अनुसार अधिकारीहरुले ८६० व्यावसायिक पाइलटको लाइसेन्सको समीक्षा र सघन जाँचपश्चात् ५० जनाको लाइसेन्स रद्द गरेको इस्लामावाद उच्च न्यायालयलाई जानकारी दिएको छ। यसबाट अन्तर्राष्ट्रिय उड्डयन संगठनलाई तथ्य बुझ्न सहज हुने पनि अधिकारीहरुको भनाइ छ।
ती पाइलट राष्ट्रिय ध्वजावाहक पीआईए, निजी कम्पनी तथा विदेशी एयरलाइन्समा समेत काम गरिरहेको पाकिस्तानका अतिरिक्त महान्यायाधिवक्ता तारिक महमुद खोखरले अदालतमा पेश गरेको रिपोर्टमा उल्लेख गरेका छन्। उनले एकजना पाइलट सैयद सकलेन हैदरले पेश गरेको याचिकाको जवाफ दिने क्रममा यो जानकारी दिएका हुन्।
नक्कली लाइसेन्स लिने पाइलटमाथि कारवाहीको जिम्मा संघीय जाँच एजेन्सीलाई दिइएको छ।
(एजेन्सी)
" /> काठमाडौं। पाकिस्तानका थुप्रै पाइलटले नक्कली लाइसेन्स लिएर विमान उडाइरहेको खबरले केही समय अघिदेखि हलचल मच्चाउँदै आएको छ।अहिले त्यहाँको सरकारले नक्कली कागजपत्रका आधारमा लाइसेन्स लिएर विमान उडाइरहेका ५० पाइलटको लाइसेन्स रद्द गरेको छ। प्रशासनले अब पाइलटको लाइसेन्स लिने क्रममा तिनले कसरी प्रमाणपत्र हात पारे भन्ने विषयमा अध्ययन गर्ने भएको छ।

">