काठमाडौं। मोरङको विराटनगर महानगरपालिकामा घरमा बालेको घुरबाट आगलागी हुँदा जलेर एकजनाको मृत्यु भएको छ।
महानगरपालिका-१४, झट्याई बस्ने राजेश दासको घरमा आगलागी हुँदा आगोमा जलेर १४ वर्षीय रबिन दासको मृत्यु भएको हो।
यस्तै, सोही आगलागीमा जलेर घाइते भएका २ जनाको कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।
आगलागीबाट अन्नपात, लत्ताकपडा, भाडावर्तन, फर्निचर, नगद गरी करिब चार लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।
स्थानीयबासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
" /> काठमाडौं। मोरङको विराटनगर महानगरपालिकामा घरमा बालेको घुरबाट आगलागी हुँदा जलेर एकजनाको मृत्यु भएको छ।महानगरपालिका-१४, झट्याई बस्ने राजेश दासको घरमा आगलागी हुँदा आगोमा जलेर १४ वर्षीय रबिन दासको मृत्यु भएको हो।

">