बालकको हत्या आराेपमा एकजना पक्राउ
<p style="text-align: justify;">काठमाडौं। स्याङ्जाको हरिनाश गाउँपालिका-५ का १४ वर्षीय शेरबहादुर थापाको हत्या गरेको आराेपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।</p>
<p style="text-align: justify;">प्रहरीले सोही गाउँपालिका बस्ने २६ वर्षीय रेशम रानालाई शनिबार दिउँसो प्रक्राउ गरेको हो।</p>
<p style="text-align: justify;">दुईबीच सामान्य विवाद हुँदा कोदालोले प्रहार गर्दा थापाको घटनास्थलमै मृत्यु भएको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।</p>
<p style="text-align: justify;">घटनाको विषयमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।</p>