काठमाडौं। अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले जलवायु परिवर्तन तथा ऊर्जा मामिलालाई उच्च महत्त्व दिएका छन्। उनले आफ्नो रणनीतिको प्राथमिकता उल्लेख गर्दै यससँग सम्बन्धित टोलीको नामसमेत घोषणा गरेका हुन्।

बाइडेनले मिसिगनका पूर्व गभर्नर जेनिफर ग्रानहोमलाई ऊर्जामन्त्री बनाएका छन् भने कांग्रेस सदस्य डेब्रा हल्यान्डलाई आन्तरिक मामिला मन्त्री नियुक्त गरेका छन्। यो नियुक्तिलाई सिनेटको स्वीकृति लिन बाँकी छ।

अमेरिकाको पर्यावरण संरक्षण विभागको जिम्मेवारी माइकल रेगनलाई सुम्पिएको छ। पर्यावरण संरक्षण एजेन्सीकी पूर्वप्रमुख गिना म्याककार्थीलाई पर्यावरण मामिलाको राष्ट्रिय सल्लाहकार नियुक्त गरिएको छ।

नवनिर्वाचित राष्ट्रपति बाइडेनले पेरिस जलवायु सम्झौतामा अमेरिका पुनः सहभागी हुने संकल्प गरेका छन्। उनले यसलाई पर्यावरणको न्यायको संज्ञा दिएका छन्।

बाइडेनका मुताबिक जलवायु परिवर्तनलाई लिएर उनको प्रशासनको नीति ठूलो संख्यामा रोजगारी सिर्जना गर्नेतर्फ केन्द्रित हुनेछ। यसअन्तर्गतको अटो क्षेत्रमा १० लाख नयाँ रोजगारी सिर्जना गरिने छ।

यो अमेरिकाको ‘ग्रिन इकोनोमी’का लागि ठूलो परिवर्तनका रूपमा रहने छ। अमेरिका २०३५ सम्ममा विश्वमा ग्रिन टेक्नोलोजीको सबैभन्दा ठूलो निर्यातकर्ता बन्ने लक्ष्यमा जुटेको छ। (एजेन्सी)

" /> काठमाडौं। अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले जलवायु परिवर्तन तथा ऊर्जा मामिलालाई उच्च महत्त्व दिएका छन्। उनले आफ्नो रणनीतिको प्राथमिकता उल्लेख गर्दै यससँग सम्बन्धित टोलीको नामसमेत घोषणा गरेका हुन्।

बाइडेनले मिसिगनका पूर्व गभर्नर जेनिफर ग्रानहोमलाई ऊर्जामन्त्री बनाएका छन् भने कांग्रेस सदस्य डेब्रा हल्यान्डलाई आन्तरिक मामिला मन्त्री नियुक्त गरेका छन्। यो नियुक्तिलाई सिनेटको स्वीकृति लिन बाँकी छ।

अमेरिकाको पर्यावरण संरक्षण विभागको जिम्मेवारी माइकल रेगनलाई सुम्पिएको छ। पर्यावरण संरक्षण एजेन्सीकी पूर्वप्रमुख गिना म्याककार्थीलाई पर्यावरण मामिलाको राष्ट्रिय सल्लाहकार नियुक्त गरिएको छ।

नवनिर्वाचित राष्ट्रपति बाइडेनले पेरिस जलवायु सम्झौतामा अमेरिका पुनः सहभागी हुने संकल्प गरेका छन्। उनले यसलाई पर्यावरणको न्यायको संज्ञा दिएका छन्।

बाइडेनका मुताबिक जलवायु परिवर्तनलाई लिएर उनको प्रशासनको नीति ठूलो संख्यामा रोजगारी सिर्जना गर्नेतर्फ केन्द्रित हुनेछ। यसअन्तर्गतको अटो क्षेत्रमा १० लाख नयाँ रोजगारी सिर्जना गरिने छ।

यो अमेरिकाको ‘ग्रिन इकोनोमी’का लागि ठूलो परिवर्तनका रूपमा रहने छ। अमेरिका २०३५ सम्ममा विश्वमा ग्रिन टेक्नोलोजीको सबैभन्दा ठूलो निर्यातकर्ता बन्ने लक्ष्यमा जुटेको छ। (एजेन्सी)

"> बाइडेनले घोषणा गरे पर्यावरण टोली, ग्रिन इकोनोमीलाई  प्राथमिकता: Dekhapadhi
बाइडेनले घोषणा गरे पर्यावरण टोली, ग्रिन इकोनोमीलाई  प्राथमिकता
काठमाडौं। अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले जलवायु परिवर्तन तथा ऊर्जा मामिलालाई उच्च महत्त्व दिएका छन्। उनले आफ्नो रणनीतिको प्राथमिकता उल्लेख गर्दै यससँग सम्बन्धित टोलीको नामसमेत घोषणा गरेका हुन्।

बाइडेनले मिसिगनका पूर्व गभर्नर जेनिफर ग्रानहोमलाई ऊर्जामन्त्री बनाएका छन् भने कांग्रेस सदस्य डेब्रा हल्यान्डलाई आन्तरिक मामिला मन्त्री नियुक्त गरेका छन्। यो नियुक्तिलाई सिनेटको स्वीकृति लिन बाँकी छ।

अमेरिकाको पर्यावरण संरक्षण विभागको जिम्मेवारी माइकल रेगनलाई सुम्पिएको छ। पर्यावरण संरक्षण एजेन्सीकी पूर्वप्रमुख गिना म्याककार्थीलाई पर्यावरण मामिलाको राष्ट्रिय सल्लाहकार नियुक्त गरिएको छ।

नवनिर्वाचित राष्ट्रपति बाइडेनले पेरिस जलवायु सम्झौतामा अमेरिका पुनः सहभागी हुने संकल्प गरेका छन्। उनले यसलाई पर्यावरणको न्यायको संज्ञा दिएका छन्।

बाइडेनका मुताबिक जलवायु परिवर्तनलाई लिएर उनको प्रशासनको नीति ठूलो संख्यामा रोजगारी सिर्जना गर्नेतर्फ केन्द्रित हुनेछ। यसअन्तर्गतको अटो क्षेत्रमा १० लाख नयाँ रोजगारी सिर्जना गरिने छ।

यो अमेरिकाको ‘ग्रिन इकोनोमी’का लागि ठूलो परिवर्तनका रूपमा रहने छ। अमेरिका २०३५ सम्ममा विश्वमा ग्रिन टेक्नोलोजीको सबैभन्दा ठूलो निर्यातकर्ता बन्ने लक्ष्यमा जुटेको छ। (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्