काठमाडौँ। गुल्मीको चन्द्रकोट गाउँपालिका-८ सल्यारामा रूखले च्यापिँदा एक जना नाबालिकाको मृत्यु भएको छ।
५ वर्षीया जस्मिन रानाको शुक्रबार दिउँसो रूखले च्यापिएर मृत्यु भएको हो।
लु.१ क २३६२ नम्बरको जेसिबिले झुर्मा–किसिकोट नयाँ सडक खन्ने क्रममा झरेको ढुङ्गाले अमलाको रूखमा लागेको र सोही रूख लडेर च्यापिँदा बालिकाको घटनास्थलमै मृत्यु भएको हो। बालिका सो स्थानमा खेलिरहेकी थिइन्।
घटनापछि जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी मजुवाबाट खटिएको प्रहरीले जेसिवि चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ।
" /> काठमाडौँ। गुल्मीको चन्द्रकोट गाउँपालिका-८ सल्यारामा रूखले च्यापिँदा एक जना नाबालिकाको मृत्यु भएको छ।५ वर्षीया जस्मिन रानाको शुक्रबार दिउँसो रूखले च्यापिएर मृत्यु भएको हो।

">