काठमाडौँ। दाङमा कुटपिट गरेर एकजनाले श्रीमतीको हत्या गरेका छन्।
हत्या गरेको आरोपमा घोराही उपमहानगरपालिका-३ मोहननगर टोलका ४२ वर्षीय राजकुमार सार्की पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी गोल्गीबाट खटिएको प्रहरी टोलीले उनलाई आज बिहान पक्राउ गरेको हो।
३७ वर्षीया श्रीमती देवा सार्कीलाई कुटपिट गरी गम्भीर घाइते बनाएको आरोप उनीमाथि छ। उपचारको क्रममा उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा मृत्यु भएको हो।
प्रहरीले उनीविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान गर्ने तयारी गरेको छ।
" /> काठमाडौँ। दाङमा कुटपिट गरेर एकजनाले श्रीमतीको हत्या गरेका छन्।हत्या गरेको आरोपमा घोराही उपमहानगरपालिका-३ मोहननगर टोलका ४२ वर्षीय राजकुमार सार्की पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी गोल्गीबाट खटिएको प्रहरी टोलीले उनलाई आज बिहान पक्राउ गरेको हो।

">