काठमाडौँ। बिल गेट्सलाई उछिनेर विश्वकै दोस्रो धनी व्यक्ति बनेका टेस्लाका मालिक एलोन मस्कसँग करीब १५८ बिलियन अमेरिकी डलर सम्पत्ति रहेको ब्लुमबर्गको एक रिपोर्टमा उल्लेख छ।
गत वर्षको डिसेम्बर २१ मा स्टक मार्केटमा टेस्ला समावेश भएसँगै मस्क विश्वकै शीर्ष धनी व्यक्तिको सूचीमा उक्लिएका थिए। सेप्टेम्बरको वरीयतामा पनि आफ्नो स्थानमा सन्तुलन कायम राखेका थिए।
ब्लुमबर्गको रिपोर्टअनुसार स्टक मार्केटमा समावेश भएका पछिल्ला कम्पनीमध्ये टेस्ला सबैभन्दा ठूलो कम्पनी बनेको छ। स्टक मार्केटमा प्रवेश गरेसँगै तहल्का मच्चाएको टेस्लाको सम्पत्ति मूल्याङ्कन ६९५ बिलियन पुगेको छ। यसकै कारण मस्क बिल गेट्सलाई उछिनेर दोस्रो स्थानमा कायम रहने सम्भावना बढेको छ।
विश्वका सबैभन्दा धनी अमेजनका मालिक जेफ बेजोस २०१७ देखि नै शीर्ष स्थानमा रहँदै आएका छन्।
" /> काठमाडौँ। बिल गेट्सलाई उछिनेर विश्वकै दोस्रो धनी व्यक्ति बनेका टेस्लाका मालिक एलोन मस्कसँग करीब १५८ बिलियन अमेरिकी डलर सम्पत्ति रहेको ब्लुमबर्गको एक रिपोर्टमा उल्लेख छ।गत वर्षको डिसेम्बर २१ मा स्टक मार्केटमा टेस्ला समावेश भएसँगै मस्क विश्वकै शीर्ष धनी व्यक्तिको सूचीमा उक्लिएका थिए। सेप्टेम्बरको वरीयतामा पनि आफ्नो स्थानमा सन्तुलन कायम राखेका थिए।

">