काठमाडौं। गुल्मीमा गएराति अटो रिक्सा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। अन्य चारजना घाइते भएका छन्।
मृत्यु हुनेमा ३० वर्षीय चालक तेजबहादुर राना रहेका छन्। उनी रेसुंगा नगरपालिका वडा नम्बर-१२ का हुन्।
गुल्मी दरबार गाउँपालिकाको गैंडाकोटबाट तम्घासतर्फ जाँदै गरेको लु १ ह २७४३ नम्बरको अटो रिक्सा दुर्घटना हुँदा गम्भीर घाइते भएका रानाको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
अटोमा सवार रेसुंगा नगरपालिका वडा नम्बर-१२ का २७ वर्षीय रमेश खत्री, सोही नगरपालिकाको वडा नम्बर-२ का १६ वर्षीय रोशन परियार, १८ वर्षीय सुरज परियार र १७ वर्षीय सुनिल विक घाइते भएका छन्।
घाइते भएकामध्ये सुरज र सुनिलको लुम्बिनी मेडिकल कलेज पाल्पा र अन्य दुईजनाको गुल्मी अस्पतालमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
प्रहरीका अनुसार अनियन्त्रित भएर अटो दुर्घटना भएको हो।
" /> काठमाडौं। गुल्मीमा गएराति अटो रिक्सा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। अन्य चारजना घाइते भएका छन्।मृत्यु हुनेमा ३० वर्षीय चालक तेजबहादुर राना रहेका छन्। उनी रेसुंगा नगरपालिका वडा नम्बर-१२ का हुन्।

">