काठमाडौं। हालै मैले झारखण्डको हजारीबाग सहर भ्रमण गर्दा मानिसहरूले कोरोना भाइरसलाई ‘चिनियाँ भाइरस’ भनिरहेको सुनेँ।
दिल्लीमा पनि यही कुरा सुनेँ। अमेरिकी राष्ट्रपति अहिले पनि यसकालाई ‘चिनियाँ भाइरस’ नै भन्छन्।
संसारका थुप्रै ठाउँका मानिसलाई कोरोनालाई चिनियाँ भाइरस भन्छन्। भाइरस चीनबाट आएको हो, यसमा कुनै शंका छैन। तर, यसको जिम्मेवार चीन नै हो भन्ने कुरामा पनि मतभेद छ।
भारतीय मूलका प्रसिद्ध अमेरिकी लेखक तथा बुद्धिजीवी फरिद जकरिया महामारीको जिम्मेवारी कुनै एक मुलुकलाई थोपर्नुभन्दा यसबाट केही कुरा सिक्नु जरुरी रहेको बताउँछन्। उनको मतमा अर्को कुनै भाइरस भारत या अन्य कुनै देशबाट सुरु पनि त हुन सक्छ।
मुम्बईमा जन्मिएका जकरियाको ‘दि पोस्ट अमेरिकन वल्र्ड’ तथा ‘दि फ्युचर अफ फ्रिडम’ जस्ता पुस्तकपछि अब अर्को नयाँ पुस्तक आएको छ। आफ्नो नयाँ पुस्तक ‘टेन लेसन्स फर अ पोस्ट–प्यान्डेमिक वर्ल्ड’ मा उनले कोरोना महामारीपछि संसारले सिक्नुपर्ने पाठका बारेमा उल्लेख गरेका छन्।
जकरिया १९८० मा भारतबाट अमेरिका गएका थिए। उनले हार्वर्ड विश्व विद्यालयबाट राजनीति विज्ञानमा डक्टरेट गरे। उनलाई २०१० मा भारतमा पद्मभूषणले सम्मानित गरियो। अचम्म त के छ भने २०१२ मा उनीमाथि प्लेजरिज्म (बौद्धिक चोरी) को आरोप पनि लाग्यो, यसमा उनले माफी मागे।
जकरियाका अनुसार संसारमा बढ्दो सहरीकरणका कारण थुप्रै जनावरको प्राकृतिक आवास नष्ट हुन गएको छ। जंगल समाप्त हुँदै गएको छ, जनावर मानव वस्तीको नजिक पुगेका छन्। यसबाट पशु तथा मानव एकआपसमा नजिक हुन गएका छन् र जनावरमा रहेका भाइरस मानिसमा फैलिएको छ।
कोरोना भाइरस फैलाउन जिम्मेवार बताइएको चमेरोको उदाहरण दिँदै मासुका निम्ति चीनमा त्यसको उपयोग बढ्दै गएको र चमेरामा थुप्रैखाले भाइरस हुने उनले बताए। उनका अनुसार मानिसले खानपानमा परिवर्तन गर्नु अत्यन्त आवश्यक छ।
उनी भन्छन्, ‘‘हामीले स्वयम् आफूलाई प्रश्न गर्नुपर्छ कि, के हामी अधिक सुरक्षित रुपमा बाँच्न सक्छौं? यो महामारीको सबैभन्दा महत्वपूर्ण सिकाइमध्ये एक यही हुनेछ।’’ उनको पुस्तकमा महामारीपश्चात् चुनौती र अवसर दुवै प्राप्त हुने उल्लेख छ।
पुरानो एउटा भनाइ पनि छ- हरेक खराबीमा असल कुरा लुकेको हुन्छ। अर्को शब्दमा भन्नुपर्दा, हरेक संकट एउटा अवसर हो।
महामारीबाट हामीले के सिक्यौं? यसबारे जकरियाले एउटा सिंगो पुस्तक लेखेका छन्। यो पुस्तकको नाम ‘टेन लेसन्स फर अ पोस्ट प्यान्डेमिक वर्ल्ड’ हो।
‘एक दिन आउने छ, जब संसारमा कोरोना भाइरस हुने छैन, तब संसार अलग हुनेछ। त्यो संसारमा हाम्रा लागि चुनौती पनि हुनेछ र अवसर पनि।’ उनको पुस्तकको सारांश यत्ति हो।
महामारीका कारण लोकतन्त्र कमजोर
‘‘अमेरिका र भारत कोरोना संक्रमणलाई ठीक ढंगमा नियन्त्रण गर्न असफल भए, यसले यी मुलुकको लोकतन्त्र कमजोर हुन पुगेको छ,’’ अमेरिकाको न्युयोर्क बीबीसीसँग कुरा गर्दै उनले भने, ‘‘यो महामारीले हामीलाई हाम्रो लोकतन्त्र निकै कमजोर रहेको पाठ पढाएको छ। यदि तपाईं यसको दुरुपयोग गर्नुहुन्छ भने लोकतन्त्रको गुण नष्ट हुन्छ, यो अमेरिकामा होस् या भारतमा।’’
लोकतन्त्रलाई लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सरकारको रेकर्डबाट उनी निकै चिन्तित थिए। उनी थप्छन्, ‘‘संसारका पर्यवेक्षकहरु भारतको लोकतन्त्रको गुणवत्ता कमजोर हुँदै गएको देखिरहेका छन्। पर्यवेक्षकहरु एक व्यक्ति, एक पार्टी तथा एक सत्तारुढ गठबन्धनको केन्द्रीय शक्तिको उदय देखिरहेका छन्।’’
भारत र अमेरिकाको तुलना
जकरियाको मतमा पहिलापहिला भारतको लोकतन्त्र निकै मजबुत रहेको र अहिले कमजोर बन्दै गएको छ। ‘‘मलाई लाग्छ, भारतमा धर्मनिरपेक्ष गणतन्त्रको विचारमा निरन्तर हमला भइरहेको छ, जुन भारतमा हुर्केका मजस्ता व्यक्तिका निम्ति निकै दुःखको कुरा हो। किनकि, धर्मनिरपेक्षतावाद भारतको विशेष आकर्षण हो,’’ अमेरिका र भारतलाई कसरी हेर्नुहुन्छ भन्ने प्रश्नमा उनले उत्तर दिँदै भने।
जकरियाका पिता रफिक जकरिया इस्लामिक विद्वान् तथा कांग्रेस पार्टीका नेता थिए। उनकी माता पत्रकार थिइन्। उनी केही समयका लागि सन्डे टाइम्सको सम्पादक भएकी थिइन्। जकरिया भारतको धर्मनिरपेक्ष लोकतन्त्र तथा विविधतामा गर्व गर्छन्।
उनी भारत र अमेरिकाको तुलना गर्दै भन्छन्, ‘‘१९८० को दशकमा जब म अमेरिका आएँ तब यसलाई मैले एउटा जगमगाउँदो देश देखेँ। अमेरिका जति धनी थियो, भारत त्यति नै गरिब थियो। दुई देशबीचको तुलना निकै गहिरो थियो। अमेरिकी समाज खुल्ला र सहिष्णु थियो, जुन भारत थिएन। अमेरिका धार्मिक तथा नस्लीय मतभेद मान्दैनथ्यो, तर एकअर्कोसँग घुलमिल भएको भने थिएन।’’
उनी थप्छन्, ‘‘म जब भारतमा हुर्कैदै थिएँ तब त्यहाँ मेरो परिवार होली र दीपावली मनाउँथ्यो। ईदमा अन्य धर्मका मानिस पनि आउँथे। हामी एकअर्काको तिहारमा सामेल हुने गथ्र्यौं। संसारमै उत्कृष्ट विविधताको यो उत्सवलाई अहिले नष्ट गरिएको छ।’’
जकरियाको मतमा अहिले भारतको लोकतन्त्र निकै कमजोर भएको छ। उनी भन्छन्, ‘‘जसरी प्रेसलाई दबाइएको छ, अदालतको निष्पक्षता घटिरहेको छ, यसले लोकतन्त्र कमजोर हुँदै गएको संकेत त गर्छ।’’ (बीबीसी)
" /> काठमाडौं। हालै मैले झारखण्डको हजारीबाग सहर भ्रमण गर्दा मानिसहरूले कोरोना भाइरसलाई ‘चिनियाँ भाइरस’ भनिरहेको सुनेँ।दिल्लीमा पनि यही कुरा सुनेँ। अमेरिकी राष्ट्रपति अहिले पनि यसकालाई ‘चिनियाँ भाइरस’ नै भन्छन्।

">