तराईमा बाक्लो हुस्सु र कुहिरो

काठमाडौं। आज देशको पश्चिम तथा मध्य तराईका अधिकांश भू-भागमा बाक्लो हुस्सु र कुहिरो लागिरहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार केही दिनदेखि चिसो लगातार बढिरहेको छ।

हाल देशमा उत्तर–पश्चिमी वायुको प्रभाव छ।

दिउँसो प्रदेश १, बागमती तथा गण्डकी प्रदेशका विभिन्न ठाउँमा आंशिक बदली रहनेछ।

राति प्रदेश १, गण्डकी तथा लुम्बिनी प्रदेशमा आंशिक बदली रहने विभागको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्