रासस-सिन्ह्वा। क्युबाका राष्ट्रपति मिगेल डायजकनेलले अमेरिकी राष्ट्रपति–निर्वाचित जो बाइडेनसँग कुनै पनि विषयमा वार्ता गर्न इच्छुक रहेको बताएका छन्।
क्युबाली संसदको समापनका अवसरमा सम्बोधन गर्दै राष्ट्रपति कनेलले क्युबाको क्रान्ति, समाजवाद र सार्वभौमिकता बाहेकका कुनै पनि विषयमा खुलेर छलफल गर्न आफ्नो देश तयार रहेको बताए।
गत अक्टोबरमा चुनावी प्रचारका क्रममा बाइडेनले अमेरिकालाई नयाँ क्युबा नीति चाहिएको बताएका थिए। तर उनले क्युबा नीति कहिले जारी गर्ने र त्यसको कार्यान्वयन कसरी हुन्छ भन्नेमा अझै केही बताएका छैनन्।
बाइडेनले यसअघि नै राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेका विप्रेषण प्रवाह र क्युबाको भ्रमण सम्बन्धी नीतिहरु खारेज गर्ने बताइसकेका छन्।
गत नोभेम्बर ९ मा अमेरिकी राष्ट्रपतिमा जो बाइडेन विजयी भएसँगै क्युबाका राष्ट्रपति कनेलले ट्वीट गर्दै चुनाव मार्फत अमेरिकी जनताले परिवर्तन चाहेको बताएका थिए। उनले आआफ्ना मुलुकका मतभिन्नतालाई सम्मान गर्दै रचनात्मक द्वीपक्षीय सम्बन्ध स्थापित हुने विश्वास व्यक्त गरेका छन्।
" /> रासस-सिन्ह्वा। क्युबाका राष्ट्रपति मिगेल डायजकनेलले अमेरिकी राष्ट्रपति–निर्वाचित जो बाइडेनसँग कुनै पनि विषयमा वार्ता गर्न इच्छुक रहेको बताएका छन्।क्युबाली संसदको समापनका अवसरमा सम्बोधन गर्दै राष्ट्रपति कनेलले क्युबाको क्रान्ति, समाजवाद र सार्वभौमिकता बाहेकका कुनै पनि विषयमा खुलेर छलफल गर्न आफ्नो देश तयार रहेको बताए।

">